गोरु काट्ने १० जना धरानबाट एकाविहानै पक्राउ

  • प्रकाशित मितिः मंसिर 28, 2075
  • 15601 पटक पढिएको
  • औजार संवाददाता

धरान । गोरू काटेको आरोपमा प्रहरीले १० जनालाई धरानबाट पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले विहानको राती धरान–१७ स्थित विद्या टोलमा गोरु काटीरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही, राजेन्द्र खड्गी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

उनीहरुसँगै गोरु काट्न प्रयोग भएको धारिलो हरियार खुकुरी चक्कु ७ थान र गाई गोरुको सिङसहितको २ वटा टाउको समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई म्याद थप गरि थप अनुसन्धान अगाडी बढाएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

 


युवा संघद्धारा विरामीलाई आर्थिक सहयोग प्रदान

धरान । राष्ट्रिय युवा संघ धरानले शुक्रबार आर्थिक अवस्था कमजोर भई विरामी भएर घरैमा थलिएकी एक महिलाको लागि

धरानमा खानेपानीको अर्काे ठूलो योजना, सर्भेको काम धमाधम हुँदै

धरान । धरान उपमहानगरपालिकाकामा समाहित भएका साविक पाँचकन्या र विष्णुपादुका क्षेत्रमा खानेपानीको व्यवस्

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो: ‘प्रम केपी शर्मा ओली’

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा वि