गोरु काट्ने १० जनालाई विना शर्त रिहाइको माग

  • प्रकाशित मितिः मंसिर 29, 2075
  • 1318 पटक पढिएको
  • औजार संवाददाता

धरान । गोरु काटेको आरोपमा धरानबाट पक्राउ परेका १० जनालाई विना शर्त रिहाइको माग गर्दै साँस्कृतिक अधिकार संरक्षण समिति धरानले प्रेस विज्ञप्ती जारी गरेको छ ।
शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै समितिले संविधानको मूल मर्म र भावना विपरि प्रहरीले गैरकानुनी रुपमा १० जनालाई पक्राउ गरेको भनिएको छ । समितिका संयोजक सुवास हुक्पा चोङबाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘लोकतान्त्रिक गणतन्त्रात्मक मुलक भए पनि प्रहरी प्रशासनले संविधानको भावना विपरित हुने गरी गोरु काटेको विषय मुद्दा बनाइनु भत्र्सनायोग्य विषय बनेको’ बताइएको छ । समितिले गोरु काटेको आरोपमा पक्राउ परेका १० जनालाई निःशर्त रिहाइ गर्न अनुरोध गरेको छ भने विनार्श तत्काल रिहाइ नगरे थप संघर्षका कार्यक्रम अघि सार्ने र त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवार समेत प्रहरी नै हुनुपर्नै बताएको छ ।


नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक

पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द