धरान । सञ्चारकर्मीहरूमाथी एकपछि अर्काे प्रहार हुँदै गएकाे छ । इटहरीका मेयर द्वारिकलाल चाैधरीले पत्रकार विराट अनुपमलाइ नाककाे डाडी भाँचिदिने धम्कि दिएकाे २४ घण्टा वित्न नपाउँदै धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्याकक्षमा नै हातपात भएको छ ।
धरान–१२ चतरालाइनस्थित कार्यालयमा आएका फूर्वा शेर्पाले उनीमाथी मंगलबार राती आक्रमण गरेका हुन् । शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरिसकेकाे छ । शेर्पाले आफूलाई पनि ढुङ्गाले हानेका कारण ढुङ्गा प्रहार गरेको प्रहरीलाई बयान दिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
आक्रमण गर्नुपर्ने स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन । राईको टाउकोमा चोट लागेको छ भने उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
पत्रकार महासंघको टिम धरानमा, पत्रकारलाई आक्रमण गर्नेलाई कारवाही गर्न माग
विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम
धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ । नेकपा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर
Copyright © 2021 - Aujarnews.com All rights reserved