आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

  • प्रकाशित मितिः मंसिर 18, 2076
  • 306 पटक पढिएको
  • औजार संवाददाता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्यभार सम्हाल्ने भएका छन् । सोमबार नेपाली कांग्रेसबाट विजयी बनेका राईले धरान उप महानगरपालिका भित्र भएको नराम्रो काम रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले धरान उपमहानगरपालिकाको कार्यालयमा भएको बेथितिलाई लक्षित गर्दै त्यस्ता काम रोक्ने र जनताको सहयोगमा राम्रो काम गर्ने बताएका छन् ।मैले दुईवटा बाचा बोल्या छु, एउटा नगरपालिकामा भएको नराम्रा कामलाई रोक्ने र राम्रो कामहरु तपाईहरु नगरबासीको सहयोगमा गर्ने भनेको छु ।

स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्ष भन्ने नै हुँदैनन् । त्यहाका सबै जननिर्वाचित प्रतिनिधिहरु सबै सत्तापक्ष हुन् । सबै दलहरुलाई सहमतीमा ल्याएर काम गरिनेछ । उनले सबैदललाई सहमतीमा ल्याएर काम गर्ने जनाएका छन् । उनले आफु भन्दा त्यहाँ भएका जनप्रतिनिधीहरु अनुभवी भएको भन्दै उनीहरुकै सहयोगमा काम गर्ने बताएका छन् । २०७४ सालमा भएको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तारा सुब्बासँग ४८ सय मतान्तरले पराजित भएका तिलक राई उपनिर्वाचनमा २७ सय ९५ मतले नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गरी मेयरमा निर्वाचित भएका छन् । तारा सुब्बाको गत २०७५ साउन १ गते निधन भएको थियो । त्यस्तै वडा नं. ७ को वडाध्यक्षमा नेकपाका जीवनराज सुवेदी निर्वाचित भएका छन् । उनले कांग्रेसका सुवर्णमोहन पलिखेलाई १ मतको अन्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । ७ नं. वडामा तत्कालिन नेकपा एमालेका भुवनराज मोक्तान वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको गत २०७५ जेठमा निधन भएको थियो ।


सभामुख वा उपसभामुख काँग्रेसलाई दिनु पर्छः देउवा

इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवाले सभमुख र उप–सभामुख मध्ये एक नेपाली काग्रेंसलाई दि

'विद्या भट्टराईले लिइन् सांसदको शपथ'

कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएकी छिन् । उप

यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्