वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

  • प्रकाशित मितिः मंसिर 18, 2076
  • 252 पटक पढिएको
  • औजार संवाददाता

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग्रहण गरेका छन् ।
सुवेदीले पदभार ग्रहण गर्दै वडाबासीलाई विद्युतिय चुल्हो र खानेपानीको धारा जडानमा ५०% छुट दिने निर्णय गरेका छन् । ‘आर्थिक अवस्था कमजोर भएका दलित जनजाति तथा विपन्न परिवारलाई विद्युतिय चुल्हो र खानेपानी जडानमा प्रयोग हुने मिटर खरिदमा ५०% रकम अनुदान गर्ने’ निर्णय गरेको हो । पदभार ग्रहण कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी, निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार पोखरेल, नेकपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित वडाध्यक्ष जीवन सुवेदीले जनताले दिएको जिम्मेवारीलाई इमान्दारीताकासाथ पूरा गर्ने बताए । उनी यस अघि वडासदस्य भइ वडाको कार्यवाहक अध्यक्ष समेत रहेका थिए ।

उनी वडा सदस्यबाट राजिनामा दिएर वडाध्यक्षकालागी चुनाव लडेका थिए । उनले नेपाली कांग्रेसका सुवर्णमोहन पलिखेलाई एक मतले पराजित गरी निर्वाचित भएका थिए । कार्यक्रममा कार्यवाहक मेयर मञ्जु भण्डारीले जनप्रिय कामकालागि शुभकामना दिएकी छिन् । उनले नवनिर्वाचित वडाध्यक्षलाई वडाको विकास र जनताको चाहाना बमोजिम कार्य गर्नका लागि शुभकामना दिएकी छन् ।


सभामुख वा उपसभामुख काँग्रेसलाई दिनु पर्छः देउवा

इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवाले सभमुख र उप–सभामुख मध्ये एक नेपाली काग्रेंसलाई दि

'विद्या भट्टराईले लिइन् सांसदको शपथ'

कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएकी छिन् । उप

यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्