'दक्षिण एसियाली खेलकुदमा नेपालले पूरा गर्‍यो १०० स्वर्ण'

  • प्रकाशित मितिः मंसिर 19, 2076
  • 716 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अहिलेसम्मका संस्करणमा गरी नेपालले १०० स्वर्ण पदक पूरा गरेको छ ।

सन् १९८४ मा पहिलोपटक नेपालबाटै शुरु भएको सागमा नेपालले तस्रो पटक १३ औं संस्करणको आयोजना गर्दा १०० पदक पूरा गरेको हो ।

नेपालका लागि १३ औं सागअन्तर्गत सक्षम कार्कीले तेक्वान्दोको हेभी वेटमा ऐतिहासिक १०० औं स्वर्ण पदक दिलाए ।

सागको १२ औं संस्करणसम्म नेपालले ७१ स्वर्ण पदक आफ्नो नाममा दर्ज गरिसकेको थियो । नेपालले यसपटकको १३ औं सागमा मात्रै २९ स्वर्ण पदक प्राप्त गरेको छ ।

दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवको रुपमा लिने गरिएको छ ।

यो पनि पढ्नुहोस स् काठमाडौं। नेपाल टेलिकमले यही मंसिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयले शनिबार विज्ञप्ति जारी गरेर काठमाडौँ, जनकपुर र पोखरामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीका लागि चार हजार पाँच सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको जनाएको छ।

सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउन्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि टेलिकमले खेल अवधिभर खेलस्थलमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको जनाएको छ। मोबाइल भ्यान तथा खेलस्थल वरपर थप गरिएका अन्य मोबाइल टावरबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवा सहजै र तीब्र गतिमा उपलब्ध हुने बताइएको छ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेफ्रीलगायत सम्पूर्ण खेलकर्मीको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ। सोका लागि ११६६ मार्फत कल गरेर यो सेवा लिन सकिने छ।

कम्पनीले खेलस्थलमा ग्राहक सेवाका साथै फोरजीलगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धन कार्यका लागि स्टलसमेत राख्ने भएको छ। 

-एजेन्सी


सभामुख वा उपसभामुख काँग्रेसलाई दिनु पर्छः देउवा

इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवाले सभमुख र उप–सभामुख मध्ये एक नेपाली काग्रेंसलाई दि

'विद्या भट्टराईले लिइन् सांसदको शपथ'

कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएकी छिन् । उप

यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्