धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

  • प्रकाशित मितिः मंसिर 19, 2076
  • 708 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।
बुधबार दिउँसो पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर तिलक राईले राजस्वको दर र प्रकृया पुनरावलोकन गर्ने गरी नगर सभामा प्रस्ताव लैजाने निर्णय गरेका छन् । निर्णयमा राजश्व तथा कर सम्बन्धी विज्ञ र सम्बन्धित सरोकारवालाहरु सम्मिलित हुने गरी राजश्व प्रणाली तथा करको दर दायरा अध्ययन तथा पुनरावलोकन गर्न अध्ययन तथा पुनरावलोकन कार्यदल गठन गर्न कार्यपालिका बैठकमा प्रस्ताव लैजाने भनिएको छ ।

पदभार ग्रहण गर्दै नगर प्रमुख राईले धरान उपमहानगरपालिकाबाट निर्णय गरेको करलाई व्यवहारिक र बैज्ञानिक बनाउने निर्णयलाई सदर गरेको बताए । उनले करलाई पुनरावलोकन गर्नकालागि सहयात्री दलले समेत कर समायोजन गर्ने निर्णय गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । हिजो मात्रै नेकपाको निर्वाचन परिचालन कमिटिले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा कर सम्बन्धी गुनासो पाएको भन्दै नगरसभामा हुने आफ्ना प्रतिनिधिलाई कर समायोजन गर्न एक विज्ञप्ती जारी निर्देशन दिएको बताएको थियो । उनले स्थानीय तहको सरकारमा पक्ष प्रतिपक्ष नहुने भन्दै उपमहानगरपालिकाको नेतृत्व आफुले गरेपनि सहयात्रामा सबै दल हुने भन्दै सबैको साथ लिदै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कर्मचारीहरुलाई इमान्दारीपूर्वक काम गर्न समेत निर्देशन दिएका छन् । उनले आफु भन्दा अढाई वर्ष अघि आएका जनप्रतिनिधीसँग भएको अनुभवलाई समेत साथै लिएर अघि बढ्ने बताए । मेयर तिलक राई उपमहानगरपालिकाको कार्यालय परिसर पुग्दा उपमेयर मञ्जु भण्डारी, वडाध्यक्षहरु लगायत कर्मचारीले भव्य स्वागत गरेका थिए ।

पदभार ग्रहण गर्नुअघि नगर प्रमुख तिलक राईले धरान–१६ मा रहेको लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । शालिकमा माल्यार्पण गर्दै राईले प्रजातन्त्र प्राप्तीकालागि सिंहको योगदानको स्मरण गरेका थिए । गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि उनी धरान–१९ स्थित हरियाली सामुदायिक वनमा रहेको धरान उपमहानगरपालिकाका पूर्व मेयर स्व. मेयर तारा सुब्बाको शालिकमा माल्यार्पण गर्न पुगेका थिए । सुब्बाको शालिकमा माल्यार्पण गरेपछि उनले सुब्बाको उत्तराधिकारीको रुपमा धरान उपमहानगरपालिकाकामा काम गर्ने बताएका थिए । उनले सुब्बाको स्मृतिमा बनिरहेको पार्कको निर्माण कार्य सुचारु गरिने बताए । त्यसबेला स्व. सुब्बाकी श्रीमती तथा परिवारजनको समेत उपस्थिति रहेको थियो । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए । उनले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै कम्युनिष्टको विरासत तोडेका थिए । यस्तै, धरान ७ को वडाअध्यक्षमा नेकपाका जीवनराज सुवेदी विजयी भएका थिए । उनले मंगलबार नै पदभार ग्रहण गरिसकेका छन् । धरान उपमहानगरपालिकाको २० वडा मध्य १५ वडा र उपमेयरमा नेकपाको नेतृत्व छ भने ५ वटा वटामा नेपाली कांग्रेसको नेतृत्व छ ।


विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि

पानवारीको दुध र सब्जी धरान ल्याउन पाउने, हरियालीमा २३ बेडको आइसोलेसन सञ्चालन हुने

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागी लकडाउनको समायावधी थप गरेको छ । आज ब

धरानमा आज बिहान थपिए ७ जना संक्रमित

धरान । धरानमा आज पनि ७ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा