'साइक्लिङमा नेपाललाई थप एक स्वर्ण'

  • प्रकाशित मितिः मंसिर 19, 2076
  • 279 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं– १३ औं सागअन्तर्गत नेपालले साइक्लिङमा थप एक स्वर्ण पदक जितेको छ।

साइक्लिङको क्रस–कन्ट्री स्पर्धामा नेपाललाई लक्ष्मी मगरले स्वर्ण दिलाएकी हुन्। उनले १ घण्टा २० मिनेट २० सेकेन्डमा लक्ष्य पूरा गरिन्।

सो स्पर्धामा नेपालकै उषा खनालले रजत जितिन्। उनले १ घण्टा ३५ मिनेट ५२ सेकेण्डमा लक्ष्य पूरा गरिन्।

कास्य पदक भने भारतले जितेको छ।

यससँगै नेपालले साइक्लिङमा जितेको स्वर्ण संख्या तीन पुगेको छ। यसअघि साइक्लिङको डाउनहिल ९पुरुष०मा राजेश मगर र ९महिला०मा निस्मा श्रेष्ठले स्वर्ण जितेका थिए।

नेपालको स्वर्ण संख्या भने ३१ पुगेको छ।

-एजेन्सी


विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि

पानवारीको दुध र सब्जी धरान ल्याउन पाउने, हरियालीमा २३ बेडको आइसोलेसन सञ्चालन हुने

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागी लकडाउनको समायावधी थप गरेको छ । आज ब

धरानमा आज बिहान थपिए ७ जना संक्रमित

धरान । धरानमा आज पनि ७ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा