हार्दिक बधाई ! गौरीकाले दिलाइन् स्वर्ण : 'मलाई नेपाली होइनौ भन्छन्, म नेपाली हुँ, पदक नेपालको हो'

  • प्रकाशित मितिः मंसिर 20, 2076
  • 870 पटक पढिएको
  • औजार संवाददाता

बिहीबार, मंसिर १९, २०७६ काठमाडौं, पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन् । यससँगै गौरिका पौडीमा व्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् । भारतकि शिवांगी शर्मा २ मिनेट ७.१९ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् । बंगलादेशकी जुनायाना अहमदले २ मिनेट १२.८३ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् ।

गौरिकाले आफ्नो स्पर्धामा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । सागको अघिल्लो संस्करणमा रजतमा सिमित भएकी गौरिकाले पहिलो स्वर्ण हासिल गरेकी हुन् । सन् २०१६ को रियो ओलम्पिकमा उक्त संस्करणको कान्छी ओलम्पियन भएपछि चर्चाको शिखरमा पुगेकी उनले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।गौरिकाले सागमा ८ स्पर्धामा प्रतिस्पर्धा गर्दैछिन् । १३ औं सागमा यो नेपालले जितेको ३३ औं पदक पनि नेपालकी जलपरीको उपनामले परिचित गौरिका सिंहले बिहीबार इतिहार रच्दै पौडमा स्वर्ण जितिन्। उनले २ मिटर फ्रि स्टाइल स्पर्धामा भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।

साग इतिहासमा पौडीमा व्यक्तिगत स्वर्ण जित्ने गोरिका पहिलो नेपाली खेलाडी बनेकी छन्। व्यक्तिगत स्वर्ण जितेकी गौरिकाले रिले स्पर्धामा काश्य जितिन्।

त्यसपछि सञ्चारकर्मीको आग्रहमा छोटो प्रतिक्रिया दिएकी उनले आफुले जितेको पदक नेपालको भएको बताइन्।

र भनिन्, ‘मलाई नेपाली होइनौं भन्छन्, तर म नेपाली हुँ, मैले जितेको पदक नेपालको हो।’ उनले यो पदक नेपालप्रति समर्पण गर्नेसमेत बताइन्।

गौरिका बेलायतमा बस्दै आएकी छन्। उनी साग शुरु हुनुभन्दा केही दिनअघिमात्र नेपाल आइपुगेकी हुन्। बेलायतमा रहँदा राम्रो तयारी गरेकाले पनि पौडीमा नेपालले स्वर्ण जित्न सकेको हो। उनले भनिन्, ‘मेरा फ्यान यति धेरै रहेछन् भन्ने आज थाहा भयो, आज मेरो बेस्ट डे रह्यो।’

-एजेन्सी


विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि

पानवारीको दुध र सब्जी धरान ल्याउन पाउने, हरियालीमा २३ बेडको आइसोलेसन सञ्चालन हुने

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागी लकडाउनको समायावधी थप गरेको छ । आज ब

धरानमा आज बिहान थपिए ७ जना संक्रमित

धरान । धरानमा आज पनि ७ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा