'आफ्नै माटोमा स्वर्ण जित्दाको मज्जा बेग्लै हुँदोरहेछ : 'निमा घर्तीमगर'

  • प्रकाशित मितिः मंसिर 20, 2076
  • 401 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आज बिहान भएको उसु खेलमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितिन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको थाउलोअन्तर्गत महिला नान्दोमा निमाले स्वर्ण जितेकी हुन् । उनले कुल १८.९१ अंक जोडेर स्वर्ण जितेकी हुन् । १६.३ अंक बटुलेकी बंगलादेशकी मोर्जिना अख्त्तरले रजत पदक पाइन् ।

यसअघि सन् २०१६ मा भारतमा भएको १२औं सागमा पनि निमाले स्वर्ण नै जितेकी थिइन् । स्वर्ण जितेपछि बिदेशी माटोमा भन्दा आफ्नै माटोमा स्वर्ण जित्दा बेग्लै आनन्द मिलेको नीमाले सुनाइन् । ‘सारा नेपालीको अगाडि आफ्नै माटोमा टेकेर स्वर्ण जित्दाको आनन्द छुट्टै हुँदोरहेछ ।

त्यो खुशी शब्दमा बयान गर्न सक्दिनँ,’ उनले भनिन् । उनले आफ्नो सफलताको श्रेय अभिभावक र प्रशिक्षकहरुलाई दिइन् । ‘सफलताको श्रेय मेरो अभिभावकलाई दिन चाहन्छु । किनकी उहाँहरूले मलाई कहिल्यै रोक्नु भएन,’ उनले अघि भनिन्, ‘मेरो प्रशिक्षकहरूलाई यसको श्रेय जान्छ ।’

नीमाले नेपालका लागि अझै धेरै पदक जित्ने इच्छा रहेको सुनाइन् । नीमा घर्ती मगरले (साग) मा बिहीबार स्वर्णकाड लागि प्रतिस्पर्धा गर्दा उनका आमा-बुवा दर्शकदीर्घामा थिए । पदक वितरण समारोह भयो, निमाले स्वर्ण पदक लिइन् । राष्ट्रिय झण्डा ओढेकी निमा आमा-बुबा भएको ठाउँमा पुगिन् ।

र, आफ्नो गलाबाट स्वर्ण पदक झिकेर आमालाई लगाइदिइन् । त्यो क्षण नीमा घर्ती मगर निकै भावुक बनिन् । पत्नीकै छेउमै उभिरहेका बुवा मनसुर घर्ती मगर भने हाँसिरहे । नीमाका आमा-बुवा दुवैले छोरीले पाएको सफलतामा आफूहरु निकै खुसी रहेको प्रतिक्रिया दिए ।

-एजेन्सी


सभामुख वा उपसभामुख काँग्रेसलाई दिनु पर्छः देउवा

इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवाले सभमुख र उप–सभामुख मध्ये एक नेपाली काग्रेंसलाई दि

'विद्या भट्टराईले लिइन् सांसदको शपथ'

कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएकी छिन् । उप

यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्