यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

  • प्रकाशित मितिः मंसिर 22, 2076
  • 3383 पटक पढिएको
  • औजार संवाददाता

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्ट पार्टी नेकपामा आबद्ध छन् । २० वर्षको युवा उमेरदेखि उनी तत्कालिन कम्युनिष्ट पार्टीमा रहेका छन् ।
तत्कालिन राजतन्त्र आन्दोलन पछि जनताको लागि केहि गर्ने उदेश्यले आफु कम्युनिष्ट पार्टीमा आबद्ध भएको उनी बताउँछन् । गरिब साना ठुला वर्ग सबै समुदायको हितमा काम गर्ने एक मात्र कम्युनिष्ट बिचारधारा आफुलाई मनपरेको हुनाले आफुले उक्त पार्टी राजेको उनी बताउँछन् ।पुर्व नेकपा धरान नगर कमिटि अध्यक्ष तथा पुर्व स्वं मेयर तारा सुब्बा,रंगलाल गिरी,मजदुर नेता मोतिराज सुनुवार मार्फत उनी कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।उनी भन्छन्,‘सुरुमा मजदुर रिक्सा युनियनको संस्थापक अध्यक्ष भएर नेतृत्व गरेको थिए । तर पछि केही साथिहरु लोप लाल्चामा लागेर पार्टीबाट निष्किए ।
तर आफुसहित एक दुईजना साथीहरु रह्यो । त्यतिबेला जम्मा २१ सदस्यको कमिटि बनेको थियो । धरान १७ टोल कमिटि अध्यक्ष,पाटीको वडा सदस्य ,पार्टीको तर्फबाट वडा मुलसमितिका सदस्यको निर्वाह,तत्कालिन नगर सम्मेलनमा भाग लिई भोटबाट ४६ मतले पार्टीको नगर सल्लाहकार ,मजदुर टयाम्पु टयाक्सी ईकाई समिति उपाध्यक्ष,नेपाल यातायात स्वतन्त्र मजदुर संघ ट्रेड युनियन महासंघ धरान उपमहानगरपालिका सदस्य भएर काम गरे ।

नेकपाले चुनाव हार्नुमा उप मेयर मुख्य दोषी
धरान उपमहानगरपालिकाका मेयर तारा शुव्वाको निधनपछि कार्य बाहकको जिम्मेवारी उप–मेयर मञ्जु भण्डारीलाई स्वतः आयो ।
धरानमा अप्रत्यासित कर बढेपछि जन गुनासो र विरोध जनताबाट नै हुन थाल्यो । पार्टी नेतृत्वले पटक पटक कर समायोजन गर्न निर्देशन दिँदा समेत काबा उपमेयर भण्डारीले अस्विकार गरेपछि जनताहरु रुष्ट बने । त्यसैको प्रतिफल जनताले उप निर्वाचनमा नेकपालाई भोट हालेनन् । रुष्ट वनेका नेकपाकै मतदाताहरुले काँग्रेसलाई भोट हाल्न वाध्य भए । किन भने काँग्रेसले चुनाव र चुनाव अघि पनि कर वृद्धिको विरुद्धमा आवाज उठाउँदै आएको थियो । कर वृद्धिको विषयलाई लिएर काँग्रेसले चुनावी मुख्य एजेण्डा नै बनायो ।
धरानमा हजार रुपैयाँ तिर्दै आएको तीन पांग्रे टेम्पोको कर बढाएर ३ हजार वनाइयो ।त्यस्तै घरजग्गा,व्यापार,व्यवसाय लगायतका सबै क्षेत्रमा कर बढाइयो । धरानमा मात्र ४ हजार टेम्पो चालक छन् । कर बढाएकै कारण टेम्पो चालकहरुले समेत यस पटक बाध्य भएर कांग्रेस उम्मेदवारलाई मत हाल्नु परेको हो।त्यसैगरि काबा उप मेयर भण्डारीले धरान विमानस्थल निर्माणका लागि जग्गा व्यबस्थापन नगर्नु,कोसी राजमार्गमा पर्ने भानु चोक देखि लक्ष्मी चोक सम्मको भत्काउने सडकलाई बजेट विनियोजन गरि रेलिङ र नयाँ डे«न निर्माण गर्नु,मोहियानी हक नभएको महेन्द्र क्याम्पसको जग्गामा मोहियानी हकको सिफारिस गरेर जनतालाई रुष्ट वनाउँदै गयो । जनताले यी सवै कुरालाई मनन् गरिरहेका हुन्छन् । उनीहरु शासक वनेर वसे पनि जनताले त्यसको प्रतिफल चुनाबमा दिने हो ।
र यसपाली जनताले त्यसको जवाफ उप निर्वाचन मार्फत दिसकेको छनु  ।धरानको पर्यटन प्रर्बद्धनको वजेटलाई दुरुपयोग गर्नु पनि चुनाव हार्नुको अर्को कारण हो । विनियोजन गरेको ६३ लाख रुपैयाँ वजेट मदिरापाटी र मासु भात खाएर सके । आफ्नो घरमा काम गर्न राखेकी कामदार गीता मगरलाई उपमहानगरबाट तलब खुवाएर घरेलु कामदार वनाउनु पनि उनको कमजोरी हो । सर्दु जलाधारको जग्गामा विग वुद्ध निर्माण गर्न सिफारिस दिनु र जलाधार हडप्ने भुमाफियाहरुको खर्चमा हङकङ भ्रमण गर्न जानु भण्डारीका जनताले विर्सन नसक्ने कमजोरीहरु हुन । जसको कारणले २८ वर्षदेखि कम्युनिष्ट विरासतलाई काँग्रेसले सहज रुपमा भत्काई दियो ।

वडाध्यक्षहरु कमिसनको खेलमा
अधिकांस वडाअध्यक्षहरु कार्यालय समयमा हाजिर नहुने र आफु अनुपस्थित नहँुदा कार्यबाहक समेत नछाड्ने गरेका कारण आफ्नै पार्टीका मतदाताहरु रुष्ट बने ।
त्यस्तै निर्वाचित वडाअध्यक्षहरु ठेक्का पट्टामा लागि विकास निर्माणका कामहरुमा कमिशन माग्नु,आफ्ना नातेदारहरुलाई मात्र निर्माणको ठेक्का दिनु र कार्यकर्ताहरुको घर भएका स्थानमा मात्र बजेट विनियोजन गर्नु पनि नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुको कमजोरी हुन् । जनप्रतिनिधिहरुको कमजोरीलाई सुधार गर्न नसक्नु नेकपा नेतृत्वको अर्को कमजोरी हो । बलियो जनसंगठनले र चुनाव जित्न पार्टी एकताले थप मद्धत पु¥याएको नेकपाले चुनाव हार्नुमा पार्टी नेतृत्वको अहमता र निर्वाचित जनप्रतिनिधहरु सेवामुखि भन्दा पनि आर्थिक प्रलोभनमा परि सेवा सुविधामा मस्त भएका कारण नेकपाको पराजय बेहोर्नु परेको हो ।

सेवाग्राहीहरुलाई सेवा दिन चुक्यो
देश जनताको पक्षमा उल्लेखनिय काम गर्दे आएको र समृद्धि देश निर्माणको लागि कम्युनिष्ट नेतृत्व चाहिएको महसुस गरेको र जनताको पक्षमा विशेष योजनाहरु ल्याउने विश्वास सिलो एकमात्र पार्टी कम्युनिष्ट पार्टी मेरो लागि थियो । नेकपाको सरकारले वृद्धभत्ता स्वास्थ्य विमा लगायतका कार्यक्रमहरु ल्याए जुन उल्लेखनिय काम पनि रहेको छ । त्यस कुराले जनताको मनमा कम्युनिष्ट पार्टी जिउँदै थियो तर पछिल्लो समय धरानको उपनिर्वाचनमा कम्युनिष्ट पार्टी धराने जनतामाझ मरेको बराबर भयो । त्यो सबै पार्टीभित्रका कार्यकर्ता र सिङ्गो कम्युनिष्ट पार्टीनै जिम्मेवार छ ।
अहिले पछिल्लो उपनिर्वाचनमा धेरै जनताबाट कार्यकर्ताबाट दुखेसो आयो,पार्टीले पठाएको जनप्रतिनिधिहरुले सेवाग्राहीहरुलाई सेवा दिनमा चुक्यो,जनतालाई रुष्ट बनाउने इत्यादि काम गरे पार्टीका पुरानो भन्दा पुरानो कार्यकर्ताहरुलाइ.कुनै जिम्मेवारी दिईएन । ती कार्यकर्ताहरुलाई ढुङ्गाले थिचेको दुबो बनाउने काम गरे । त्यसैले पनि कतिपय कार्यकर्ताहरु पनि रुष्ट भए तत्कालिन माओकबादी केन्द्र र नेकपा एमालेको एकता हँुदा पनि यस्तो हार व्यर्होनु हाम्रो लागि लज्जास्पदको कुरा हो । तर हामी बिच र पाटी भित्रनै केहि चुकेको छ ।त्यसको पाटीले तत्काल समिक्षा गर्न जरुरी छ । एकताको हिसाबले भन्नुपर्दा नेकपाको मत नेपाली काग्रेस भन्दा दोब्बर छ । तर त्यो मतलाई पनि यो पटक बचाउन सकेन ।कम्युनिष्ट पार्टीले त्यो लगायत अन्य मतलाई पनि आफ्नो पक्षमा पार्ने कुनै कोशिश नहुनु नेकपाको मुख्य कमजोरी हो । कतिपय पार्टी भित्रका लाई नै जिम्मेवारीबाट बञ्चित गरियो ।जनतालाई व्यवस्थित,छिटो छरितो सेवा सुविधा दिन सकेन । त्यसको परिणाम आज पछिल्लो उपनिर्वाचनले दिएको छ । अत्यधिक कर वृद्धि हुनु पार्टीको लागि सबैभन्दा घातक हुन पुग्यो र केही नेतृत्वहरुको लापारवाहीले पनि यो परिणाम हुन गएको हो । धरानका नेतृत्वहरुको नकरात्मक कामको फल आज नेकपाले पाएको छ । तर अब भने त्यसलाई सुधार गरेर समिक्षा गरी कमि कमजोरीलाई सुधार्नु आवश्ययक छ ।

‘नेकपा नेताहरुलाई सच्चिन सुझाव’
स्व.तारा सुब्बाको कार्यकालमा ट्याम्पु व्यवसायीहरुलाई एक हजार तोकिएको करमा तीन वर्षसम्म नबढाउने प्रतिबद्धता जनाउँदा सारा ट्याम्पो चालकहरु खुशी थिए ।
मेयर शुव्वाको स्र्वागारोहरण पछि भने कार्य बाहक उप मेयर मञ्जु भण्डारीले जनता र पाटीको निर्देशनको समेट अटेर गरेर एक् झन करको भारी बोकाउने अर्का नेतृत्वले गरे । नेतृत्व वर्गले र पाटीको नेताले जनप्रतिनिधिलाई लगम लाउन महत्वपुर्ण थानेन पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रमहरु गर्न सकेन, अब भने सबै कुरालाई सुधार ल्याएर हरेक क्षेत्रमा सेवा दिएर भुलको याचना गर्न जरुरी छ । कार्यकर्ता नेतृत्व वर्गले आम जनतालाई खुशी पार्ने काम गर्नुपछ ,त्यसपश्चात मात्रै फेरी पनि जनताको बहुमत नेकपाको पक्षमा हुनेछ । छलफल र निर्णयद्धवारा करको निर्धारण करको कार्यन्वयन गर्नुपर्छ । सर्वप्रथम नेकपाले आफ्नो नेतृत्वमा करको दर घटाउन सक्नुपथ्र्यो तर त्यो भएन । हार पछिको पश्चातापको कुनै अर्थ छैन । जुन नेकपाले हार व्यहोरेपछि त्यो कार्य गरे जुन निकै अगाडि नै गर्नुपर्ने थियो ।
जब निर्वाचन आउँछ तब मजदुरहरुलाई प्रयोग गरिन्छ तर मजदुरहरुका लागि हरेक अधिकार रोक लगाएका छन् । मजदुरका नेतृत्वहरुलाई नेकपाको कतिपय आमसभामा आफ्ना कुरा राख्न र सम्बोधन गर्न पाएको छैन् । अबको दिनमा मजदुहरुलाई समेत समेतेर संयुक्त बराबरी रुपमा लान जरुरी छ । मजदुर ट्याम्पो चालकहरुको समस्यालाई मध्यनजर गर्न आवश्यक छ,प्रत्येक वडामा सडकका खाल्डा–खुल्डीले ट्याम्पो चालक यात्रुहरुलाई धेरै समस्या पर्न गएको छ । ती सडकहरुको पुन निर्माणमा ध्यान जाओस् ।
(टेम्पो चालक तामाङसँग औजार दैनिकका संवाददाता दिपेश राईले गरेको कुराकानीमा आधारित )


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह