'विद्या भट्टराईले लिइन् सांसदको शपथ'

  • प्रकाशित मितिः पुष 1, 2076
  • 450 पटक पढिएको
  • औजार संवाददाता

कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएकी छिन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा शपथ खुवाएकी हुन् ।

शपथ खाएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सांसद भट्टराईले निर्वाचनको बेला जनतसँग गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने स्पष्ट पारिन् ।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद बनेकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए ।

-एजेन्सी


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह