सभामुख वा उपसभामुख काँग्रेसलाई दिनु पर्छः देउवा

  • प्रकाशित मितिः पुष 17, 2076
  • 687 पटक पढिएको
  • औजार संवाददाता

इनरुवा । नेपाली कांग्रेसका सभापति शेरबहादु्र देउवाले सभमुख र उप–सभामुख मध्ये एक नेपाली काग्रेंसलाई दिनुपर्ने दावी गरेका छन् ।
बुधबार सुनसरी सदरमुकाम इनरुवामा नेपाली कांग्रेस सुनसरीले आयोजना गरेको ४४ औं मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो दावी गरेका हुन् ।देउवाले नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसकेको कारण सदनकै काम अवरोध भएको दावी गर्दै दुई फरक पार्टीले सभामुख र उपसभामुखको ब्यवस्था रहेकाले सोही अनुरुप आफुहरुलाई सहमति गरेर सभामुख दिए एक छिनमै कांग्रेसले उम्मेदवार तय गर्ने बताए । उनले सभामुख र उपसभामुख मध्ये एक पद प्रतिपक्षको हिसाब र फरक दलको हैसियतले नेपाली काँंग्रेसलाई दिनुपर्ने तर्क गरे । फरक प्रसंगमा देउवाले वर्तमान सरकार प्रजातन्त्र र लोकतन्त्रको बिरुद्धमा गतिविधि सञ्चालन गरेको आरोप लगाए ।पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले देशमा तानाशाही शासन तर्फ शासक उद्धत रहेको र लोकतन्त्र माथि धावा बोलेको समेत आरोप लगाएका छन् ।उनले लोकतन्त्रको गहना प्रेस स्वतन्त्रता रहेको भएपनि सरकारले प्रेस स्वतन्त्र माथि मिडिया काउन्सिल ल्याएर हनन् गरेको बताए । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेर सरकारले लोकतन्त्र बिरोधी काम गरेको आरोप लगाएका छन् ।उनले सरकार आफनो कामबाट आफै सन्तुष्ट नभएर प्रतिपक्षीलाई झनै उपेक्षा गरेको गुनासो गरे । सभापति देउवाले ओली सरकार अधिनायबाद तर्फ उन्मुख भएको र संविधान मिचेर आफुखुशी गर्न थालेको आरोप लगाए । उनले मिडिया काउन्सिल सम्वन्धिको कानुन बनाएर मिडिया नियन्त्रण र ब्यक्तिको गोपनियता तथा मानव अधिकारको हनन् समेत गरेको दाबी गरे ।

त्यसैगरी देउवाले मेलमिलापको औचित्यको बारेमा आफनो धारण राख्दै पार्टी भित्रको असन्तुष्टिको बारेमा नेता तथा कार्यकर्ताहरुलाई प्रष्ट पारे । उनले पार्टी भित्र सहमति सहकार्य र एकताको बिषयमा आफु सभापति भएदेखि नै रटान लगाउँदै आएको भएपनि साथीहरुले ब्यवस्था गरेको आरोप लगाए। पार्टीभित्र सहमतिको कुरा गरेको भएपनि केही साथीले जहिले बिवाद ल्याउने मात्र काम गरेकाले महाधिवेशनसम्म राम्ररी काम गर्न दिनुपर्ने बताए । उनले पार्टी भित्रको समस्या महाधिवेशनले समाधान गर्ने दावी गर्दै जसलाई नेता तथा कार्यकर्ताले रुचाउँछ उही सभापतिको नेतृत्व लिने समेत स्पष्ट पारेका छन् ।कार्यक्रममा पार्टीका उपसभापति बिजय कुमार गच्छदार, नेता ज्ञानेन्द्र बहादुर कार्की,महेश आचार्य,सिताराम मेहता,राजीव कोइराला,ताहिर अन्सारी,ज्योती सुब्बा,राजन मेहता,तिलक राई, एयुव अन्सारी गफार अन्सारी,केदार भण्डारी लगायतको नेता तथा कार्यकर्ताहरुले एकताबाट पार्टीलाई अगाडी बढाउनुपर्ने र महाधिवेशनकाट सम्पूर्ण समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स