नाटक बसाई माघ ९ देखी प्रदर्शन हुँदै

  • प्रकाशित मितिः पुष 28, 2076
  • 771 पटक पढिएको
  • औजार संवाददाता

नाटक बसाई धरानमा प्रदर्शन गरिने भएको छ । लिल बहादुर क्षेत्रीद्धारा लिखित उपन्यास ”बसाइ” नाटकको माध्यमबाट प्रदर्शन गरिने भएको हो । उपन्यासकार क्षेत्रीको उपन्यासलाई नाटकमा रुपान्तरण गरेर धरानमा प्रदर्शन गर्न लागिएको नाटकका निर्देशक मिलन चाम्लिङले जानकारी गराएका छन् । रंगभूमी एकेडेमीले प्रस्तुत गर्न लागेको नाटक कवि बिनय सरगमले रुपान्तरण गरेका हुन् । केही समययता कवि सरगमले उक्त उपन्यासलाई नाटकमा रुपान्तरण गर्न व्यस्त थिए । नाटकमा विनायक राईको संगित रहने निर्देशक चालिङले जानकारी गराए ।

उनका अनुसार यहि माघ ९ गतेबाट १३ गतेसम्म धरानको सदन स्कुलको हलमा उक्त नाटक प्रदर्शन गरिनेछ । नाटक अतिरित्त सो शनिबार १ बजे र साढे ४ बजे प्रदर्शन हुने र नियमित सो दिनको साढे ४ बजेदेखि प्रदर्शन हुनेछ भने २ सय र ३ सय रुपैँयाको दरमा टिकट तोकिएको उनले बताए । नाटकमा शंकर थापा, तुलसा थापा, गोमा पौडेल, मिलन भुजेल, सन्देश दाहाल, बलबहादुर राई, एनुमा राई, मिलन चाम्लिङको अभिनय रहेको छ ।


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स