बास्केटबल प्रशिक्षक राई सम्मानित

  • प्रकाशित मितिः माघ 1, 2076
  • 278 पटक पढिएको
  • औजार संवाददाता

धरान १२ को एम्स एकेडेमी द्वारा १३ औ साग पदक बिजेता बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई सम्मानित भएका छन । एकेडेमिको स्पोर्ट मिट २०७६ को अवसरमा उनलाई सम्मान गरिएको हो । उनलाई नगद ५ हजार ५ सय र प्रमाणपत्र सहित सम्मानित गरिएको हो । एकेडेमिको आयोजनामा भएको स्पोर्ट्स मिटमा बास्केटबल,भलिबल,फुटबल,टेबल टेनिस,चेस खेल भएको एकेडेमिका प्राचार्य नेत्र तामाङले बताएका छन । खेलकुदमा करिव ३०० जना बिद्यार्थीको सहभागी रहेको उनले बताए ।कार्यक्रममा खेल संयोजक र शिक्षकहरुलाई समेत ट्रयाकशुट बितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी प्रदेश एकका एन्फा अध्यक्ष किशोर राई रहेका थिए । त्यस्तै बिशेष अतिथिहरुमा सुरज कुमार लामा,टेबल टेनिस प्रशिक्षक विनोद शाक्य रहेका थिए । 


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स