हिउदे अधिवेशनमा नामाकरण टुंगो लाग्छः मुख्यमन्त्री

  • प्रकाशित मितिः माघ 1, 2076
  • 302 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । १ नम्बर प्रदेशको अझै सम्म नामाकरण हुन सकेको छैन । तीन वर्ष अघि प्रदेशसभा र सरकार गठन भए तापनि प्रदेशको नाम अझै टुंगो लाग्न सकेको छैन ।
१७ माघ २०७४ मा गठन भएको एक नम्बर प्रदेशसभा र ३ फागुनमा गठन भएको सरकारले २२ बैसाख २०७६ मा प्रदेशको स्थायी राजधानी सहमतिमा बहुमतले टुंगो लगाउन सफल भएपनि नाम भने अझै टुंगो लगाउन सकेको छैन ।दलहरूसँग सहमति बनाएर प्रदेश सरकारले प्रदेशसभाले विराटनगरलाई स्थायी राजधानी घोषणा गराएको थियो । मुख्य प्रतिपक्षी दल कांग्रेसका एक जना सांसद प्रतापप्रकाश हाङगामले अहसमति प्रकट गर्दा स्थायी राजधानी सर्वसम्मत नभएर बहुमतबाट पारित भएको थियो ।दोस्रो हिउँदे तथा तेस्रो अधिवेशनमा स्थायी राजधानी टुंगो लगाएको प्रदेशसभाबाट चौथो तथा चालु वर्षे अधिवेशनमा प्रदेशको नामाकरण टुंगो लगाउने बताएको थियो । तर नामाकरण टुंगो लगाउने प्रस्ताव नै दर्ता नगरी एक नम्बर प्रदेशसभाको वर्षे अधिवेशन सकिएको थियो ।सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामाकरण स्थायी राजधानीजस्तै सहमतिमा टुंगो लाग्ने बताएका छन् ।

उनी नामकरणलाई टुंगो लगाउन राजनैतिक दल, सरकार र प्रदेशसभा पटकपटक छलफलमा बसेपनि सहमति जुट्न नसक्दा वर्षे अधिवेशनमा प्रस्ताव दर्ता हुन नसकेको बताउँछन् ।एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले चाँडै सुरु हुने हिउँदे अधिवेशनमा प्रदेशको नाम सहमतिमा टुंगो लगाउने बताएका छन् । मुख्यमन्त्री राईले दलीय सहमतिकै कारण नामाकरणको प्रस्ताव दर्ता गर्न ढिलाइ भएको प्रस्टिकरण दिँदै आएका छन् । सहमतिमा स्थायी राजधानी टुंगो अनि मात्र नामाकरण गर्नेुबारे दलहरूबीच सहमति भएको खुलाउने गरेका छन् । उनी भन्छन्, ‘दलहरूले हतार नगरौँ भनेकैले सरकारले नामाकरणको प्रस्ताव दर्ता नगराएको हो, आगामी हिउँदे अधिवेशनमा सहमतिले नामाकरण टुंगो लाग्छ ।’एक नम्बर प्रदेशसभामा सत्ताधारी दल नेकपाको ६७, कांग्रेसको २१, संघीय समाजवादीको ३, राप्रपा १ र लोकतान्त्रिक मञ्चको १ सांसद छन् । संविधानमा व्यवस्था भएअनुसार प्रदेशसभाको दुई तिहाई बहुमतले नामाकरण गर्न सक्नेछ ।एक नम्बर प्रदेशको नाम लिम्बूवान, किराँत, लिम्बूवान किराँत, किराँत लिम्बूवान र कोच, कोच, सगरमाथा, कोशी वा मेची प्रदेश, बिराट प्रदेश, कञ्चनजंघा प्रदेश, विजयपुर प्रदेश लगायत मागको चर्चा हुँदै आएको छ ।प्रतिपक्षी दलहरू भने सरकार अरु नै विजनेशमा अल्झिएकोले प्रदेशको नामाकरण गर्न ढिलाइ गरेको बताउँछन् । प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता राजीव कोइराला भन्छन्, ‘सहमति र सहकार्यमा जोड दिएको भएपनि प्रस्ताव ल्याउने काम सरकारको हो तर उसैले ढिलाइ गर्दा नामाकरण टुंगो लाग्न नसकको हो ।’


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स