मकर सक्रान्तीको अवसरमा तरुल साहित्य

  • प्रकाशित मितिः माघ 1, 2076
  • 215 पटक पढिएको
  • औजार संवाददाता

मकर सक्रान्तीको अवसरमा कालकूट साहित्यिक मंचले तरुल साहित्य कार्यक्रम सम्पन्न गरेको छ । बुधबार धरान १३ ओशो पार्कमा कार्यक्रम भएको हो । मकर सक्रान्तिको शुभकामना आदनप्रदान सहित कार्यक्रममा रचना वाचन समेत गरिएको थियो । आयोजित कार्यक्रममा पुर्वका पुराना सर्जकहरुको उपस्थिती रहेको थियो । कवि सन्तोष थेवे,सुदिप पाखृन,हिक्मत खड्का,ईन्दु योन्जन,प्रफुल्ल भण्डारी, गजलकार परिक्रमा श्रेष्ठ,कुमार प्रधान, गितकार हेन्सन याक्खा लगायतले कार्यक्रममा रचनाहरु सुनाएका थिए  साथमा कार्यक्रमका प्रमुख अतिथी कथाकार सरणकुमार राई,कवि बम देवानले समेत आफ्ना रचनाहरु सुनाएका थिए । प्रमुख अतिथी राईले नौरङ्गी नामक उनको १ सय एक लघुकथा अन्तर्गतको प्रेमभित्र मुस्कुराईरहेको तस्बिर सुनाएका थिए ।

कवि बम देवानले आफू किशोर अवस्था हुँदाको क्षणलाई सम्झदै त्यो बेला लेखेको भरिया कान्छो शिर्षकको कविता सुनाएका थिए । कार्यक्रमका विशेष अतिथी डा गोपाल भन्डारिले साहित्यकारहरु एक भुमी रहेको बताएका थिए । पछिल्लो समय पुर्वको धरानमा साहित्यक वातावरण खस्किदै आएको बेला कालकुट साहित्यिक मन्चले साहित्यिक वातावरणलाई थप प्रभावकारी र नव सृजनाहरुलाई प्रोत्साहन गर्ने काम गरेको उनले बताए । कार्यक्रम मंचका अध्यक्ष मणि राईको अध्यक्षतामा सम्पन्न भएको थियो । धरान उपमहानगरपालिका वडा न १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्ले , वडा सदस्य कमला श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । मंचले नेपाली पर्व र चाडहरुलाई रचना वाचन सहित पृथक रुपले मनाउदै आएको छ ।


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह