हाजिरीजवाफमा चन्द्र सस्कृत पहिलो

  • प्रकाशित मितिः माघ 1, 2076
  • 117 पटक पढिएको
  • युएल तिमल्सिना

सारा थापा स्मृति प्रतिष्ठान धरानको आयोजनामा बुधबार उद्योग वाणिज्य संघमा भएको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा धरान १६ को चन्द्र सस्कृत मावि पहिलो भएको छ । प्रथम हुनेलाई नगद २१ हजार साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । दोस्रो विद्या भुषण विद्यालय भयो भने तेस्रो लोटस विद्या विहार भएको छ । दोस्रो हु्नेले १५ हजार नगद प्रमाणपत्र र तेस्रोले ९ हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ । धरान ११ को ज्ञानोदय माविले सान्त्वना पुरस्कार जित्न सफल बनेको छ । विद्याँलयले ४ हजार पाँच सय र प्रमाणपत्र प्राप्त गरेको छ । सहभागि विद्यालयका विद्यार्थिहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं एकका सभामुख प्रदीपकुमार भण्डारीले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष विरेन्द्र सिंह थापाको अध्यक्षतामा सम्पन्न भएका होे । प्रतियोगितामा धरानभरिका निजी तथा सामुदायिक २२ विद्यालयहरुको सहभागिता रहेको थियो । ति मध्ये अन्तिम चरणको लागि ६ वटा विद्यालयलाई छनौट गरिएको थियो । विद्यार्थिहरुमा प्रतियोगिताप्रति आकर्षण र उत्प्रेणा जगाउनका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष विरेन्द्र सिंह थापाले बताए ।

 


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह