वडाध्यक्ष भट्टराइद्वारा नमुना समाज भवनको शिलान्यास

  • प्रकाशित मितिः माघ 2, 2076
  • 464 पटक पढिएको
  • औजार संवाददाता

धरान उपमहानगरपालिका वडा न १७ अन्तर्गतको डाडाघोपामा नमुना समाजको सामुदायिक भवनको शिलान्यास गरिएको छ । बुधबार वडा न १७ का वडाध्यक्ष सुर्यबहादुर९मनोज ० भट्टराइले भवनको शिलान्यास गरेका हुन । वडाकै सहयोगमा पनि उत्त भवन निर्माण हुन लागेको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले तत्काल निर्माण कार्य सुरु गर्नको लागि २० बोरा सिमेन्ट र रड आफ्नो व्यत्तिगत तर्फबाट उपलब्ध गराउने बताएका छन । आउदो आर्थिक बर्षको बजेटबाट समेत भवन निर्माणको लागि केही रकम छुटयाईदिने उनले प्रतिबद्ध जनाएका छन । विगत १९ बर्षदेखी नमुना क्लब स्थापना गरि सक्रिय रुपमा समाजको लागि काम गर्दै आएको उत्त क्लब हाल समाजका अगुवा र बौद्धिक व्यत्तित्वहरुको सहभागितामा पुन नमुना समाज नाम दिई सन्चालन रहदै आएको छ । यस समाजले कोष निर्माणको लागि प्रत्येक बर्ष देउसि भैलो खेल्दै आएको र सोहिबाट संकलित केहि रकमले उत्त भवन निर्माण गर्न लागेको समाजका अध्यक्ष दिल्लिशेर राईले बताए । उनका अनुसार सामान्य ट्रस्टमा मात्रै भनि निर्माण गर्न लागिएको तर वडाको सहयोगमा भवन नै निर्माण हुन लागेको उनले बताए । हाल भने करिब १६ लाखको लागतमा उत्त भवन निर्माण हुन लागेको उनले बताए । सरकारी निकायको कुनै पनि ठाउँबाट विगतका दिनहरुमा यस समाजलाई सहयोग नआएको स्थानिय सरकार आएपछी बल्ल पहिलोपल्ट वडाबाट समाजको लागि राम्रो सहयोग भएको लिलाबहादुर बुढाथोकीले बताए । भवन निर्माणको लागि स्थानिय वर्तमान राईको जग्गा ५५ हजारमा लिएको उनले बताए । सामुदायिक भवन बन्ने भएपछी समुदायका सबै खुसी भएको  समेत उनले बताएका छन ।


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स