धरान र मधेश - पर्यटन प्रबद्र्धन गर्न तयार

  • प्रकाशित मितिः माघ 4, 2076
  • 103 पटक पढिएको
  • भरतराज शर्मा(गोपाल)

धरान । मधेशको पर्यटन प्रवद्धनका लागि २२ जिल्लामा आयोजना गरिने पर्यटन प्रवद्धन सम्बन्धी अन्तरक्रिया एवं भिजिट मधेस २०२० एण्ड वियोण्ड कार्यक्रमको बिहिबार साँझ सुनसरीको धरानमा पनि गरिएको छ ।धरान ७ स्थित रहेको होटल गजुरमुखी प्यालेसको आयोजना तथा भिजिट मधेशको २०२०र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश न २,को सहकार्यमा सो कार्यक्रम गरिएको हो ।
‘भिजिट नेपाल ईज इङ्कम्प्लिट विड आउट भिजिट मधेस’ आर्थात मधेसको भ्रमण बिना नेपाल भ्रमण अधुरो रहने मुल नारा सहित शुरु भएको यस अभियानले मधेशमा भएका प्राकृतिक तथा सांस्कृतिक धरोहरको प्रचार प्रसार एवम् बिकास र समृद्धिमा पनि सघाउ पुग्नेमा बिश्वास ब्यक्त गरिएको छ ।सोही कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै धरान उपमहानगरपालिका उपमेयर मन्जु भण्डारीले नेपालका तराई पहाड र हिमाल सबैको सयुक्त सहकार्यमा भएको कार्यक्रमले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा पनि टेवा पुग्नेमा बिश्वास ब्यक्त गरिन् ।

भण्डारीले नेपालको पर्यटनबारे कुरा गर्दा मधेशलाई पटक–पटक बिर्सिने गरिएको र त्यहाँबाट पनि सहकार्य गर्दै मधेसमा उत्पादन हुने बस्तुहरु र पहाड र हिमालमा उत्पान हुने बस्तुहरु साटासाट गर्दै यो भिजिट नेपाललाई सार्थकता दिन सकिने बताइन् । उनले नेपाल पर्यटन बोर्ड र भिजिट नेपाल २०२० अभियानले नेपालको पर्यटन बारे बाहिर देशमा प्रचार गर्दा मधेसको कला,संस्कृति,एतिहासिक तथा धार्मिक स्थलहरुलाई समेटिनुपर्नै बताए । भण्डारीले भिजिट मधेश जस्ता अभियानले मधेशको पर्यटनको लागि खेलेको भूमिका उल्लेखनीय रहेको समेत बताएकी थिइन् ।त्यसैगरी सोही कार्यक्रममा भिजिट मधेस नेपालका ग्लोबल संयोजक प्रमोद (राज) सर्राफले सूचना प्रविधिको प्रयोगले आफुहरुले मधेशको पर्यटन प्रवद्र्धधनको लागि काम गरिरहेको बताए ।

उनले आजको डिजिटल युगमा सूचना प्रविधि बिना कुनै पनि अभियान सफलताको कल्पना समेत गर्न नसकिने दावी गरे । तसर्थ उनले आफुहरुले निर्माण गरेको डिजिटल प्लेटफर्म मार्फत मधेशको पर्यटकिय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको प्रचार प्रसार गर्न लागेको जानकारी गराएका थिए ।होटल गजुर प्यालेसका सञ्चालक गोपाल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले अवधारणा पत्र प्रस्तुत गर्दै ३ तहकै सरकारको सहकार्य तथा होटेल तथा पर्यटन व्यवासयि संघ, स्थानिय प्रशासन, पत्रकार तथा सञ्चारकर्मी, राजनितिक दलका प्रतिनिधि, स्थानिय लगायतले सबैले आ –आफनो क्षेत्रबाट हातेमालो गर्नुपर्ने आवश्यक्ता औल्याए । सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा भिजिट मधेशका ग्लोबल कोर्डिेटर प्रमोद राज सर्राफ, भिजिट मधेशका संस्कृति राजदुत गायत रवि राज शाह, होटेल व्यवासायी संघ धरानका अध्यक्ष सरोज भट्टराई,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खडका लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।सोही अवसरमा भिजिट मधेशका संस्कृति राजदुत तथा नेपाली लोक स्टार गायन रियालिटी शोबाट लोकप्रियता पाएका रविराज शाहले मधेशका सांस्कृतिक तथा प्राकृतिक सम्पदा तथा रिति रिवाज चाल चलनलाई समेटेको गीत समेत प्रस्तुत गरेका थिए  ।वीरगंजबाट सुरु गरिएको सो अभियान मधेश लगायतका २२ वटा जिल्लामा सञ्चालन गर्दै पुन बीरगंजमा नै समापन गरिने कार्यक्रमका राष्ट्रिय संयोजक प्रमोद (राज) सर्राफले जानकारी दिए ।


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह