जनप्रतिनिधिहरुले विरोध स्वरुप संस्थानमा खानेपानी माग्दै धर्नामा बसे

  • प्रकाशित मितिः माघ 4, 2076
  • 119 पटक पढिएको
  • औजार संवाददाता

धरान। वडामा खानेपानीको चरम अभाव भएपछि आन्दोलनरत धरान–९ नम्बर वडाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिहरुले विरोध स्वरुप खानेपानी संस्थानको धरान कार्यालय अगाडी धर्ना दिएका छन् ।

धरानको ९ नं. वडाका वडाध्यक्ष रत्नबहादुर कटवाल र वडा सदस्यहरु मनोजकुमार राउत, सबिना शाक्य, ऋचा शंकर र शरद रत्न पार्थिवले बिहीबार एक घण्टा र शुक्रबार २ घण्टा संस्थानको मूल गेट अगाडी धर्ना दिएका छन् । खानेपानी सहज नहुन्जेल सम्म धर्नाको कार्यक्रम जारी रहने जनाइएको छ भने दैनिक धर्ना कार्यक्रम एक घण्टाको दरले वढ्ने छ ।खानेपानी संर्घष समितिका संयोजक समेत रहेका वडाध्यक्ष रत्न कट्वालसहित चार सदस्यीयहरुले धरान–१३ स्थित नेपाल खानेपानी संस्थान धरान शाखा कार्यालयमा पुगेर धर्ना बसेका हुन् । उनीहरुले विहान १० बजे संस्थानको मुख्य गेटमा ताला लगाएर कर्मचारीलाई भित्र प्रबेश रोकी एक घण्टा धर्ना दिएका थिए । वडाध्यक्ष कट्वालले वडाबासीको मागप्रति संस्थान गम्भीर नबनेको आरोप लगाए । ‘हामी केटाकेटी खेलेका हैनौं जनताको मत जितेरमा हामी यो ठाउँमा आएका हौं हामीले एक सिठी फुक्दा हजारौ जनता सडकमा आउनुहुन्छ तर हाम्रो समस्या शान्तिपूर्ण रुपमा समाधान होस् हामी चाहान्छौं, यसलाई कमजोरीको रुपमा नलिनुस्’ उनले भने ‘जनताको आन्दोलनको आँधिबेहेरीले उडाएर खानेपानी संस्थानलाई मात्र हैन यहाँको कर्मचारीलाई पनि सायद कुनै देश वा कुनै जिल्लामा पु¥याइदेला गम्भिर बन्नुस् ।’खानेपानी नियमित नआएसम्म आन्दोलन जारी राख्ने उनले बताए । ‘अहिले पनि पानी नियमित आएको छैन ।’ उनले भने । संस्थान गम्भिर नबने कडा कदम चाल्न बाध्य हुने उनको भनाई थियो । खानेपानी सर्घष समितिका अभियन्ता सञ्चारकर्मी महेश श्रेष्ठले माग सम्बोधन नभएसम्म संस्थान विरुद्ध चरणबद्ध आन्दोलनलाई जारी राख्ने बताए । ‘हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलनलाई जारी राख्छौं’ उनले भने ‘आज एक घण्टा धर्ना दियौं, भोली दुई घण्टा दिन्छौं यसरी नै आन्दोलनलाई सशक्त ढंगले अगाडी बढाउछौं ।’ वडामा ५ सय ५५ घरधुरी रहेका छन् ।

वडाबासीले चार दिन अघि संस्थानको शाखा कार्यालयमा रित्तो गाग्री,भाडा कुडा सहित तालाबन्दी गर्नुका साथै शाखाका प्रमुखमाथी जाइलागेका थिए । यता संस्थानका धरान शाखा प्रमुख बरिष्ठ इन्जिनियर रामकुमार श्रेष्ठले वडाबासीको समस्याप्रति आफु गम्भिर रहेको बताए । उनले सुख्खा मौसम सुरुभएसंगै गत वर्ष पुष १० गतेदेखी नै धरानलाई दुई भागमा बाडेर दिन विराएर पानी खुवाएपनि अहिले आयोजना सम्पन्न भइसकेकोले त्यो नगरिएको बताए । ‘गत वर्ष हामीले धरानलाई दुई भागमा बाडेर पुष १० गतेदेखी नै दिन विराएर पानी वितरण गरेका थियौं’ उनले भने ‘अहिले आयोजना सम्पन्न भइसकेको अवस्थामा प्रयाप्त पानी भएकोले त्यसो नगरिएको हो ।’ धरान खानेपानी बोर्डले दैनिक २० लाख लिटर पानी उपलब्ध गराए सहज रुपमा पानी खुवाउने उनले बताए । ‘आयोजनाले दैनिक २० लाख लिटर पानी टेङ्कीमा हाल्दियो भने दैनिक पानी खुवाउन सकिन्छ’ उनले भने ‘पानी दैनिक खुवाउने होकी दिन विराएर खुवाउने त्यो बोर्ड र संस्थानबीच छलफल हुन जरुरी छ, मेयर सावसंग छलफल भइरहेको छ ।’ सहरी विकास आयोजना आयुडीपीको आयोजना सञ्चालनमा रहेकोले करिब ५ वर्षदेखी संस्थानले कुनै पनि योजना थप नगरेको दोहो¥याए । संस्थानलाई चाडै बोर्डमा हस्तानतरण गरेर सहज रुपमा पानी खुवाउने प्रक्रिया अन्तिमचरणमा पगेको बताउदै संस्थानका कर्मचारीको सेवा सुविधाको विषयमा बोर्डबाट स्पष्ट जवाफ नआएको उनले बताए ।

‘संस्थानलाई बोर्डको जिम्मा लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, तर संस्थानका कर्मचारीको सेवा सुबिधाको विषयमा बोर्डबाट स्पष्ट रुपमा आएन खाली आएर हाजिर हुनुस् हामी सबै पूरा गछौं भन्नु हुन्छ त्यसो भनेर मात्र हुदैन’ उनले भने ‘संस्थान सम्पती, दायित्व र जिम्मेवारी बोर्डलाई दिनको लागि संघीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना विराटनगरको आयोजना प्रमुखको संयोजकत्वमा मुल्याङकन समिति बनेको छ, अब चाडै हस्तानतरण हुन्छ ।’ संस्थानको धरान शाखामा ६० जना कर्मचारी रहेका छन् । जसमा ३१ जना स्थायी कर्मचारी छन् ।


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह