एम्स स्पोर्टस मिट सम्पन्न

  • प्रकाशित मितिः माघ 4, 2076
  • 228 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान १२ स्थित एम्स एकेडेमिका तिन दिने एम्स स्पोर्टस मिटि २०७६ बिहीबार बास्केटवलको फाइनल खेलसंगै समापन भएको छ ।
धरान–१६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा सम्पन्न फाइनल खेलमा कक्षा १२ ले ३४–१८ अंकको अन्तरले कक्षा ११लाई पराजित गर्दै गोल्ड मेडल हात पारेका हुन । मंगलवार देखि सुरु भएको स्पोर्टस मिटमा महिला पुरुष बास्केटवल, महिला पुरुष भलिवल, व्याडमिन्टन, टेवलटेनिस, चेस फुटवल र महिला फुटसल प्रतियोगिता भएको थियो । विद्यालयका करिव ३ सय जना विद्यार्थीहरुले सहभागिता जनाएको स्पोर्टस मिटमा बास्केटवल तर्फ कक्षा १२का आस्था राई र समिर राई, भलिवल तर्फ कक्षा १२ का ज्ञानुकला तामाङ र हिमाल राई, फुटवल तर्फ कक्षा १२ का अतित लिम्वु र फुटसल तर्फ कक्षा ११का पायल तामाङ उत्कृष्ट खेलाडि घोषित भए ।

विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, विद्यालयका निर्देशक अनुप योञ्जन, एन्फा प्रदेश १ सचिव नविन राई लगायतले पुरस्कार वितरण गरेका थिए ।


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स