गोधुली फुटबल रनिङ कपको फाइनल खेल हुदै

  • प्रकाशित मितिः माघ 4, 2076
  • 370 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान जारी अन्तर वडा स्तरीय गोधुली फुटबल रनिङ कपको २० औँ संस्करणको फाइनल खेल भोलि शनिबार हुँदैछ ।
फाइनल खेलमा उपाधिका लागि गत वर्षको विजेता धरान १७ र धरान १६ प्रतिष्पर्धामा उत्रने भएका छन् । विगत २ वर्षदेखि लगातार उपाधि जित्दै आएको वडा नम्बर १७ ले वडा नम्बर १८ लाई सेमिफाइलनमा हराउदै जित निकाल्ने उच्च मनोबलका साथ फाइलनमा प्रवेश गरेको हो ।
अहिलेसम्म उपाधि जित्न नसकेको वडा नम्बर १६ ले निकै बलियो मानिएको टिम वडा नम्बर ११ लाई हराएर फाइलनमा पुगेकोले गर्दा यस पटक उपाधि जित्ने दाउमा रहेको छ । दुवै टिमका टिम कोचहरुले यसपटकको उपाधि रक्षा गर्ने दावि गरेका छन् । शुक्रबार धरान रङ्गशालामा भएको प्री म्याच कन्फ्रेन्समा वडा नम्बर १६ का कोच उमाकान्त अधिकारी र वडा नम्बर १७ का कोच योगेन राईले उपाधि आफ्नो टीमले जित्ने दावि गरेका हुन् ।

प्रतियोगितामा यसवर्ष दुबै टिम इतिहास रच्ने दाउमा रहेका छन् । यस वर्ष धरान १७ ले जित निकाल्न सकेमा गोधुली फुटबल रनिङ कपलाई वडा नम्बर १७ ले सधैका लागि आफ्नो बनाउनेछ । गोधुलि कपमा अहिलेसम्म कसैले पनि रनिङ कप सधैका लागि आफ्नो बनाउन सकेका छैनन् जसले गर्दा आफुहरू इतिहास रच्ने दाउमा रहेको १७ नम्बरका कोच राईले बताएका छन् ।

यसैगरी १६ नम्बरले अहिलेसम्म उपाधि जित्न नसकिरहेकोले गर्दा यसपटक आफ्नै घरेलु मैदानमा पहिलो जित निकाल्ने दाउमा रहेको १६ नम्बरका कोच अधिकारीले बताएका छन् । उनले घरेलु मैदान भएको कारणले घरेलु दर्शकलाई निराश नबनाइ जित हासिल गर्ने बताएका छन् ।

धरान १७ नम्बरका कोच राईले आफ्नो टीममा २० औँ संस्करणको हाइस्कोरर, राष्टिूय खेलमा समावेस हुनसक्ने क्षमता भएका खेलाडीहरू भएको साथमा गत वर्षको बेस्ट किपरको उपाधि पाएका सुजन राई किपर रहेकोले गर्दा पनि १७ नम्बरले जित्ने दावि गरेका छन् । धरान १६ का कोच अधिकारीले राष्टिूय खेलमा सहभागि भएका खेलाडी साथमा आर्मीमा तालिम प्राप्त मनोज कटुलाल, पुलिसमा तालिम प्राप्त खेलाडी सुदिप राई लगायतका अनुभवि र युवा खेलाडी हुनका साथै घरेलु दर्शक र घरेलु मैदान भएकोले धरान १६ ले जित्ने दावि गरेका छन् ।

यसैगरी धरान १७ मा युवाहरूको समूह र टिम वर्क भएकोले आफुहरूले गोधुली कपमा इतिहास रच्ने धरान १७ का कप्तान मिलन राईले बताएका छन् ।


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स