छूवाछूत विरुद्ध स्कूलमा अभियान

  • प्रकाशित मितिः माघ 4, 2076
  • 78 पटक पढिएको
  • औजार संवाददाता

धरान । छूवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न विद्यालयका बालबालिकाहरुमा जनचेतना जगाउने उद्देश्यले दलित विकास समिति धरान उपमहानगरपालिकाले छूवाछूत विरुद्ध स्कूल–स्कूल अभियान सञ्चालन गरेको छ ।

माघ ३ गते धरान १६ स्थित पञ्चायत आधारभूत विद्यालयबाट अभियानको शुरुवात गरिएको समितिका सदस्यसचिव तारा लामगादेले जानकारी दिएका छन् । कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारी, अभिभावकसहित विद्यालयमा एक घण्टीमा सचेतना अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले धरानका ४९ वटा सामुदायिक विद्यालयमा यस प्रकारको कार्यक्रम सञ्चालन गर्नुपर्ने महशुस गरेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रअ भट्टराईले विद्यालयमा आफुहरुलाई थाह नभएका विषयसमेत प्रष्ट भएको र अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यक्रम भएकोमा खुशी लागेको बताए । धरान उपमहानगरपालिकाको आ.व.२०७६।०७७ बजेट अन्तर्गत दलित समुदायको क्षमता विकास कार्यक्रम छूवाछूत विरुद्ध स्कूल–स्कूल अभियान धरानका १० वटा सामुदायिक विद्यालयमा सञ्चालन गर्न लागिएको समितिका संयोजक तथा कार्यपालिका सदस्य किशोर परियारले जानकारी दिए । उनले विद्यार्थीहरु परिवर्तनका पक्षधर भएको र बालबालिकादेखि नै मान्छे मान्छेबीच विभेद गर्नु हुँदैन भन्ने भावना विकास गराउन अभियान महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा हास्य कलाकार बिनोद रसाइली ‘जुरेली’ ले विभिन्न नेता तथा चर्चित कलाकारहरुको अभिनय गर्दै जातीय भेदभाव र छुवाछुतको अन्त्य गर्ने अभियानमा एकजुट हुन विद्यार्थीहरुलाई उत्प्रेणा दिएका थिए । दलित विकास समितिका सदस्य धनबहादुर हमालले कार्यक्रमको सञ्चालन गरेका थिए भने पञ्चायत आधारभूत विद्यालयकी सहायक प्रअ रमा लिम्बु, दलित विकास समितिका सदस्य रामधारी बासफोर, रामकुमार दास लगायतको समेत उपस्थिति रहेको थियो ।

बच्चाको जन्मदर्ता गराउँदा नामको पछाडि थर लेख्दा ध्यान पु¥याउनु पर्ने, थरको स्थानमा जात लेखाउँदा पछि सच्याउने झण्जटबाट मुक्त हुने जसले विद्यालय भर्ना र नागरिकतामा समेत प्रभाव पार्ने भन्दै राज्यले दलित वर्गका विद्यार्थीलाई उच्च शिक्षासम्म निशुल्क घोषणा गरेको हुनाले कुनै पनि विद्यालयले दलित विद्यार्थीसँग शुल्क लिन नहुने कुराको कार्यान्वयन गराउन समेत ध्यानाकषर्ण गराउँदै छूवाछूत विरुद्ध स्कूल स्कूल अभियान दलित विकास समितिले सञ्चालन गरेको हो ।


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह