'विमानस्थलको सीसीटीभी फुटेज हेरेपछि फेसबुक लाइभमा आस्थाका आँसु' (भिडियो)

  • प्रकाशित मितिः माघ 4, 2076
  • 234 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं : विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन्।

शुक्रबार दिउँसो फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन्। प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा राउतले आफ्नो घमण्ड प्रहरीमाथि देखाएको देखिन्छ।

सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाइभा आएकी हुन्। ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको हो। आफ्नो चित्त दुःखेको भन्दै उनी लाइभमा रोएकी हुन्। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’लगायत अपशब्द प्रयोग गरेकी थिइन् ।

सीसीटीभी भिडियो फुटेज प्रहरीले बाहिर ल्याएपछि शुक्रबार आस्था फेसबुक लाइभमा आएकी हुन्। फेसबुक लाइभमा उनले विमानस्थल घटनाबारे स्पष्टिकरण दिएकी हुन्। उनले आफूले आक्रोशित हुँदा बोलेका शब्दप्रति माफीसमेत मागेकी छन्।

‘मैले दुई चार शब्द बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु’, उनले भनेकी छन्, ‘तर, ममाथि दुर्व्यवहार भएकै हो।’

उनले ड्युटीमा रहेकी प्रहरीले सुरुमा ‘ज्याकेट खोल्नुहोस्’, दोस्रोपटक ‘ज्याकेट खोल’ फेरि ‘भनेको सुनिनस् रु’ भनेपछि आफू आक्रोशित भएको दाबी गरेकी छन्। उनले प्रहरीले दुर्व्यवहार गरेको भन्दै मान्छे र ओहोदा हेरेर नबोल्न आग्रह गरेकी छन्। उनले आफूलाई चित्त दुःखेकाले त्यस्तो अभिव्यक्ति दिएको बताएकी छन्।

उनले आफ्नो प्लेन छुट्ने डरले हतार गरेको अवस्थामा जबरजस्ती कफी ब्यागभित्र हाल्न खोजेका कारण आफूले संयम्मता गुमाएको उनले बताएकी छन्।

उनले प्रहरीले सार्वजनिक गरेको भिडियो फुटेज हेरेरमात्र धारणा बनाउन उनले अपील गरेकी छन्। ‘ममाथि दुर्व्यवहार भएकै हो। मरेर जाने चोला हो यार। मैले किन झुट बोल्नु पर्‍यो रु’, उनले प्रश्न गर्दै भनिन्, ‘भगवान साक्षी छन्। तपाईं आफै पनि हेर्नुस्।मान्छे चिनेर कुरा गर्नुहोस् एउटा महिलाले अर्को महिलामाथि त्यस्तो निस्क्रिष्ट कुरा गर्न सक्छ। अति भएपछि मैले मान्छे चिनेर कुरा गर भनेको हो।’

गायिका राउतले आफूले ८० प्रतिशत प्रहरीको बोली र व्यवहार जनताप्रति रुखो भएको दाबी गरेकी छन्। भिडियोमा पटकपटक माफी माग्दै रोएकी आस्थाले आफू एग्रेसिभ मान्छे भएकाले त्यस्तो भएको बताइन्।

‘म चुप लागेर बस्ने मान्छे होइन। बोल्दाबोल्दै एग्रेसिभ भएको हो। नबिराउनु नडराउनु हो। म यस्तै स्वभावकी मान्छे हुँ। म एग्रेसिभ मान्छे हो’, उनले भनेकी छन्।

उनले आफ्नो स्वभाव नै त्यस्तो भएकाले त्यहाँ समस्या भएको बताएकी छन्। उनले केही शब्द सम्यमित भएर बोल्न सक्ने अवस्था नरहेको भन्दै उनले माफी मागेकी हुन्।

‘मेरो एग्रेसिभ रुप आयो। म मान्छु। मेरै ठाउँमा अर्को कोही भएको भए बबाल हुन्थ्यो होला। तर, मैले त्यो गरिन्। मैले लाइभमा अलिकति सम्यमता अपनाउन सक्थेँ। तर त्यो भएन’, उनले भनिन्, ‘म भन्छु मलाई दुर्व्यवहार भएको हो। आम मान्छेले भनेको भएर ममाथि आलोचना बढेको हो। सर्वसाधारण भएको भए सही भन्नुहुन्थ्यो होला। म कसैको मन दुःखेको भए माफी चाहन्छु।’

-एजेन्सी


‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए

यूवाको नेतृत्व विकास गर्दै जेसिज

धरान । प्रदेश नम्बर १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्

धरान इन्चार्ज चोत्लुङ - काँग्रेस उपसभापति राजेन्द्र

धरान । शुत्रबार अवेर राती सम्पन्न नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरीको दोस्रो पुर्ण बैठकले स्थानीय तह