दार्जिलिङको वर्षौदेखि दुखेको मन कहिले हाँस्छ ?

  • प्रकाशित मितिः फाल्गुन 9, 2076
  • 1001 पटक पढिएको
  • औजार संवाददाता

डा. लोप्सा· लामा दार्जिलिङवासी हुन् । उनी गोरखा जनमुतिm पाटीको कार्यबाहक अध्यक्ष समेत छन् । राजनीति, शिक्षाविद, खेलकुदको क्षेत्रमा सक्रिय र सामाजिक सेवामा समेत सक्रिय रहेका डा. लामा फिल्मी क्षेत्रमा पनि उतिकै सक्रिय छन् । माटो र जातीय अस्तित्व अनि पहिचानको अधिकार प्राप्तीको लागि भारतसँग दार्जिलिङले ११० वर्षअघिदेखि लडिरहेको छ । सिङ्गो दार्जिलिङवासीको त्यो अधिकारप्राप्तीको आन्दोलनलाईलाई उचाईमा पु¥याउने मध्ये दार्जिलिङको माटोले जन्माएको एक हस्ती हुन, डा.लोप्साङ लामा । उनी दार्जिलिङको अस्तित्व र पहिचानको लागि अनवरतरुपमा शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृति रुपले निरन्तर लागि पर्ने व्यतिm हुन् ।यतिले मात्रै उनको परिचय अपुरो नै हुन्छ । नेपाली कलाको संगीत र फिल्मको दुनियाँमा पनि डा.लामाको नाम अग्र स्थानमा आउँछ  । डा. लामा दार्जिलिङमा रहेर पनि नेपाल बारम्वार आइरहन्छन् । उनलाई नेपाली भुमिको उतिकै माया छ । वर्षमा धेरै पटक नेपाल आवात जावात गर्छन्। नेपाल,नेपाली र भुमिको माया र प्रेम पनि उतिकै छ । उनै डा. लोप्सा· लामा सँग औजार दैनिकले गरेको भलाकुसारी सारसंक्षेपमा ः–

  ट्रिपल ‘टि’ - टिम्बर (रुख विरुवा) - टि (चिया) - टुरिज्म (पर्यटन) 

नेपाल आउ“दा झन्झट बढी छ
नेपाल आउँदा हामी सन्तुष्टि छैनौं । हामी नेपाल आउँदा भारतीय नम्बर भएको गाडी लिएर आउँछौ । तर नेपालको प्रहरीहरु पछि लाग्ने अनि विभिन्न झन्झट दिने गर्छन । प्रहरीलाई हामी भन्छौ, हामी त नेपाली नै हौ, हाम्रो पुर्खा नेपाली हो भनेर अनुरोध गर्दा,गाडी त भारतीय छ नी ? भनेर विभिन्न दुःख दिने गरेको कारणले पनि हामी हैरानी छौं ।हामीलाई विभिन्न किसिमको यातनाहरु दिने काम गर्छन् ।
मलाई लाग्छ,जुन प्रकारले नेपालले यो वर्ष भिजिट नेपाल –२०२० मनाइरहेको छ,खुशी लागेको छ । तर यो वर्ष मनाइरहँदा मलाई नेपाल सरकारलाई सुझाब दिनु मन लागेको छ ।भारतीय गाडीहरु नेपाल आउँदा विना झन्झट प्रवेश गर्न पाइयोस् । मुलतः हामी नेपाल र भारतको सीमाना काकडभिट्टामा कर वुझाएका हुन्छौ । तर हामीलाई बाटो –बाटोमा नै हैरानी पार्छ । हामी जति पनि कर तिर्छौ ,त्यो काकडभिट्टा मात्रै लाग्ने कर सवै एकमुष्ट लिएर नेपाल आवात जावतको रुट परमिट दिएर स्वागत गर्न सक्नु पर्छ ।तर नगरपालिका,गाउपालिका र प्रहरीले १० ठाउँमा कागजपत्र चेक गर्ने कर असुली गर्ने परिपाटीको अन्त्य भएको खण्डमा हामी खुशी हुन्थ्यौं । हामी पनि गर्व गथ्र्यौ, हामी पुर्खौली ठाउँमा आउँदा हाम्रो मन आनन्दित होस् । हामीलाई सरासर अधिराज्यभरीको रुट परमिट पाएपछि सहज हुने थियो । नेपाललाई पनि जति टुरिष्ट भित्राउन सके अर्थशास्त्रमा लाभ हुने देखिन्छ ।बैङ्ककै कुरा गरौ,जुन प्रकारले अतिथीहरुलाई स्वागत गरेका हुन्छन्, फेरी फेरी जाउँ– जाउँ लाग्छ । नेपाल आउँदा भने यहाँको झन्झटले दिक्क लाग्छ । तर आसा गरेका छौ, नेपालले अतिथी सत्कार राम्रो व्यवहार गरिदियो भने अझ वढी पर्यटक आउने छन् । धेरै भन्दा धेरै पर्यटक नेपाल आउँदा नेपालको आर्थिक विकास हुन्छ ।

दार्जिलिङ संगीतको क्षेत्रमा उर्वर
दार्जिलिङले किन उत्कृष्ट संगीत सृजना गर्छ त ? मलाई मन पर्ने कुरा पनि यहीँ थियो । दार्जिलिङ एउटा संगीतको लागि आशिषित ठाउँ पनि हो । किन यस्तो भयो त भनेर इतिहाँसलाई हेर्दा सुनको पैसा टिप्नको लागि हाम्रो पिता पुर्खाहरु दार्जिलिङ पसेका थिए ।
चिया टिपेर सुन किन्ने गर्थे । गीतकार भुपि सेरचनले ‘अल्झे छ क्यारे तिम्रो पछ्यौरी चियाको बोटैमा’ भन्ने गीत नेपालबाट दार्जिलिङलाई पठाए ।अनि हाम्रो चेलीहरु फर्केनन् । उतै नै चिया टिपे,प्रेममा परे अनि घरजम गरे । आज हामी नेपाली भएका छौं ।र भुमि सेरचनको गीतलाई यताबाट अगम सिङ गिरीले जवाफ दिए। ‘नौ लाखे तारा उदायो,धर्तीले आकास ढाकेछ ,नसम्झ नेपाली सञ्चैले वसेको छ’ भनेर जवाफ दिएका थिए । अव यस्ले के देखाउँछ भने त्यहाँ वसोवास गर्ने नेपालीहरुलाई सञ्चो छैन ।यस्तो लाग्छ दार्जिलिङमा वसोवास गर्नेहरु आनन्दले खुशीसाथ वसेका होलान् भन्ने लाग्छ । तर त्यसो होइन ।भारतीय मुलकको हेपाई खाएर,त्यो दार्जिलिङको चिसो खाएर भोक –भोकै हाम्रा पिता पुर्खाहरुले वहुत दुख गरेका थिए ।वास्तवमा नै त्यहाँका मानिसहरु खटिखाने,आफुलाई दखित परिवारबाट स्थापित हुनु परेको थियो ।
नङ्गा्र खियाएर दुःख गरेका थिए । हाम्रा पिता पुर्खाहरु दुःख गरेर गरिखाएका थिए । अनि त्यहाँको सौन्दर्यताले मन र भावना जगाउने छ । जहाँ त्यहीँ वस्दा खेरी प्राकृतिक दृष्यले मन जित्छ । जहाँ भावानाहरु त्यसै नै जागेर आउँछ । त्यो भन्दा ठुलो कुरो चाहिँ त्यो दार्जिलिङको पाखा पखेरा अनि सौन्दर्यतालाई हेर्दा मन रोएको हुन्छ । जव मान्छेको मन रुन्छ ,जव मान्छको चित दुख्छ,त्यहाँ संगीतको सृजना हुन्छ । त्यहाँ शव्दहरुको सृजना हुन्छ । दार्जिलिङले वनाएको गीतहरु मिठा मिठा हुन्छन् ,मार्मिक हुन्छन् । हामीले देखेका छौं,गीत र संगीतमा दक्ष व्यतिmहरु जन्मिएका छन् । जस्तो गोपाल योञ्जन,अमर गुरुङलाई ,सुक्मित गुरुङ लगायत थुप्रै प्रकारका दक्ष कलाकारहरु छन् । दार्जिलिङको मन दुखेका कारणले गर्दा असल असल संगीतको सृजना हुन सकेको छ । अनि अर्को कुरा त्यहाँका संगीतकार गीतकारहरुले अध्ययन पनि गर्छन, प्रयास र मेहनत पनि गर्छन् ।

विजय प्राप्तीको अन्तिम लडाईमा छौ
हाम्रो एउटा ठुलो प्रयास छ । म आफै शिक्षाविद पनि हुँ । शिक्षा क्षेत्रमा धरै पुरस्कार पाइसकेको छु । अहिले पनि शिक्षा क्षेत्रमा पनि छु । जीवनको भागको तेश्रो भागमा म अहिले आफ्नो माटोको लागि राजनीतिमा प्रवेश भएँ ।
यो मेरो जीवनको अन्तिम भाग हो । यो अन्तिम भागमा चाहिँ म आफनो जाती माटोको लागि यस तर्फ लागेको हुँ । हामी माटोसँगै भु–भागसँगै भारतमा गाभिएका हौ र भारतको संविधान अनुसार नै हामीले गोर्खा ल्याण्ड प्राप्तीका लागि सरकारसँग लडिरहेका छौ । राज्य सरकारसँग केन्द्र सरकारसँग लडिरहेका छौं । केन्द्र सरकारसँग हामीले गठवन्धन गरेर लगातार एमपीहरु पठाईसकेका छौं । जुन भारतीय जनता पाटीको सरकार छ, उहाँहरुले हामीलाई आश्वसन दिनु भएको छ,यसपालीको चुनाव प्रचारको संकल्प पत्रमा स्थायी राजनीतिक समाधान गर्ने भनेर लेखिएको छ । हामी यति सम्म आशावादी छौ की अव यस कार्यकालमा नै दार्जिलिङ तराई डोओर्सलाई छुट्याएर छ्ट्टै गोर्खाल्याण्ड दिने वचन दिनु भएको छ । सदाको लागि राजनीतिक समस्या समाधान गर्ने वचन दिनु भएको छ । दार्जिलिङ एउटा छुटेर वस्ने होइन तर भारतको एउटा अंग भएर वसेर पनि भारतको शीर उच्च पार्नेछौ । यदि हामीले राज्य छुट्टै पाएको खण्डमा हामी विश्वभरी नै नेपालीहरुको उदारणीय वन्ने छौ ।
शिक्षा,कला,संगीत,खेलकुद सवै क्षेत्रमा अग्रसर हुनेछौ । यसरी हामी छुट्टै राज्य भएर अघि वढ्यो भने हाम्रो अस्तित्वलाई जोगाउँदै फड्को मार्नेछौ । हामी अव विजय प्राप्तीको अन्तिम लडाईमा छौ ।

दार्जिलिङ परिचय

दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यमा रहेको एउटा नगर हो । यो दार्जिलिङ जिल्लाको सदरमुकाम पनि हो । यो नगर महाभारत पहाड भागमा अवस्थित छ । यहाँको औसत उचाई २,१३४ मिटर ९६,९८२ फिट छ । दार्जिलिङ शब्दको उत्पत्ति दुई तिब्बती शब्द,दोर्जे (चट्याङ) र लिङ्ग (स्थान) बाट भएको हो । यसको अर्थ ‘चट्याङ स्थान’ हो । भारतमा बेलायती शासनको बेला अनुकूल मौसमको कारणबाट यस ठाउँलाई हिल स्टेसन बनाइयो । बेलायती रेसिडेन्ट्स यहाँ ग्रीष्म मौसमको गर्र्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे ।दार्जिलिङ अन्तर्राष्ट्रिय स्तरमा चियाको लागि प्रसिद्ध छ । दार्जिलिङमा रहेको दार्जिलिङ हिमालयन रेलवे एउटा युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ। यहाँ चियाखेती सन् १८०० को मध्यबाट शुरु भएको थियो । यहाँको चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिंग प्रविधिको एक सम्मिश्रण तयार गरेका छन्। जो विश्वको सर्वोेत्कृष्टमा एक हो। दार्जिलिङ हिमालयन रेलवे जो दार्जिलिङ नगरलाई समथर स्थलसँग जोड्छ, यसलाई विश्व सम्पदा स्थल सन् १९९९ मा घोषित गरिएको थियो । यो वाफबाट सञ्चालन हुने यन्त्र भारतमा एकदमै कम देख्न पाइन्छ । यो शहर र यसको नजीकको कालिम्पोङ शहर सन् १९८० मा गोर्खाल्याण्ड राज्यको माग गर्ने प्रमुख स्थानहरू थिए । गोर्खाल्याण्ड राज्यको मागमा दार्जिलिङ वर्षौदेखि आन्दोलनरत छ । आफ्नो पहाडी रमणिय स्थलको लागि प्रसिद्ध छ, दार्जिलिङ, कयौं पटक यस जिल्लालाई हिमालयको रानी भनेर र दार्जिलिङको चिया र यसको बासनालाई पुन निर्देशित गरिन्छ। कालिम्पोङ, कुर्सियांग र सिलिगुडी, तीन अन्य प्रमुख सहरहरू, यस जिल्लाको उप विभागीय सदरमुकाम हुन्।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्