संघर्षबाट उदाएका हरि

  • प्रकाशित मितिः फाल्गुन 21, 2076
  • 675 पटक पढिएको
  • औजार संवाददाता

हरि कार्की ओखलढुंगाको रानीवनमा बुवा खड्गबहादुर कार्की र आमा स्व. वेदमाया कार्कीको कोेखबाट २०१५ सालमा जन्मिए । उनले प्रारम्भिक शिक्षा ओखलढुंगा स्थित रुद्रभञ्ज्याङ प्राविमा लिएका हुन् । २०३० सालमा धरान झरेपछि उनले धरान–१२ स्थित पब्लिक स्कुलमा थप अध्ययन सुरु गरे । पब्लिक स्कुलबाट २०३५ सालमा एसएलसी उत्तिर्ण गरेका कार्कीले २०३६ सालबाट धरान उपमहानगरपालिकामा बैदारबाट जागिरको सुरुवात गरेका हुन् । उनले ३७ वर्षसम्म धरान उपमहानगरपालिकामा सेवा गरे । त्यस अवधीमा उनी विभिन्न संघ–संस्थामा क्रियाशिल हुन समेत भ्याए ।
निम्न मध्यम वर्गिय परिवारमा जन्मिएका उनले बाल्यवस्थामा सहजै शिक्षा लिने अवसर पाए । उनका बुवा काठमाडौमा बारुण यन्त्रमा काम गर्ने नेपाल सरकारका जागिर थिए । उनका बुवा काठमाडौ, विराटनगर हुँदै धरानसम्म आएर काम गरे । त्यसैबेला उनी धरान उपमहानगरपालिकामा सुब्बाको जागिर सुरुवात गरेका हुन् । उनले धरान उपमहानगरपालिकामा ३७ वर्ष काम गरेर अवकाश लिए ।
–––ÒÒÒ–––

जागिर पछि व्यवसायिक जीवन
कार्कीले धरान उपमहानगरपालिकामा ३७ वर्ष काम गरेर अवकाश लिएपछि व्यवसाय तर्फ लम्किएका छन् । अहिले उनको होम प्लान कन्सल्टेन्सी प्रालि नामक एउटा व्यवसायिक फर्म छ । उनको त्यो फर्ममा घरनक्सा सम्बन्धि सम्पूर्ण काम हुन्छ । जागिरपछिको जीवनलाई क्रियाशिलतामा ढाल्नकालागी कन्सल्टेन्सी सञ्चालनमा ल्याएको उनी सुनाउँछन् । त्यसो त उनको व्यवसाय सञ्चालनकालागी कर्मचारी राखेका छन् । उनी भन्छन् –‘कर्मचारी साथीहरुले सबै काम गर्छन् । म त यसो देखापर्छु, रेखदेख गर्छु । कन्सलटेन्सी एउटा सिस्टममा छ जहाँ मेरो अनुपस्थितिमा पनि काम निर्वाध रुपले अघि बढ्छ ।’ कन्सलटेन्सीका अलवा उनले टायल सप्लायर्स गर्ने काम पनि गर्छन् । उनको उक्त व्यवसाय पनि राम्ररी चलेको छ । तर उनी व्यवसाय अब कन्सलटेन्सीमा मात्रै केन्द्रीत हुने मनसायमा छन् ।

सामाजिक क्षेत्रमा काम गर्दा सन्तुष्ट
उनी भन्छन् –‘पैसा पनि आवश्यक छ, तर पैसा मात्रै सबैथोक होइन, त्यसैले मैले अवकास पछिको जीवनलाई समाजसेवामा लगाएको छु ।’ त्यसो त उनलाई समाजसेवामा नै सन्तुष्टी मिल्छ । उनी भन्छन् –‘मानिसको जीवन लिएर आएका छौ, कतिन्जेललाई हो जीवन थाहा छैन । मलाई समाज सेवाका क्षेत्रमा काम गर्दा अत्यन्तै आनन्द लाग्छ । कसैलाई सहयोग गर्दा होस् वा समाज रुपान्तरणकालागी कुनै काम गर्दा होस् मलाई सन्तुष्ट प्राप्त हुन्छ । त्यही भएर म सधैं साथीभाईसँगको भेटघाटमा व्यस्त हुन्छु ।’ उनी विभिन्न संघ–संस्थाको जिम्मेवार पदमा बसेर काम गरिरहेका छन् । आफ्नो जातिय संस्था मुडुला कार्की समाजको अध्यक्ष, पिण्डेश्वर बाबाधाम समिति सदस्य, अमर सेवा समाजको सदस्य, पब्लिक स्कुलको व्यवस्थापन समिति अध्यक्ष जस्ता पदमा बसेर उनी क्रियाशिल छन् ।

शिक्षा क्षेत्रमा योगदान गर्ने ढृदता
उनी पब्लिक हाइ स्कुल धरान–१२ मा अध्ययन गरे । उनी पब्लिक स्कुलका पूर्व विद्यार्थी हुन् भने सोही स्कुलमा शिक्षक अभिभावक संघको सदस्य, अध्यक्ष हुँदै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर ३ वर्ष भन्दा बढी काम गरिसकेका छन् । उनी विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा आएपछि उल्लेख्य धेरै काम गरिरहेका छन् । उनी सम्झन्छन् –‘म पब्लिक स्कुलको व्यवस्थापन समितिका नेतृत्वमा आएपछि सबैभन्दा ठूलो काम भनेको टिम बनाउन सफल भए । मैले मात्र चाहेर केही हुन सक्दैन थियो ।
टिमले योजना बनाएर काम गर्दा रिजल्ट राम्रो आइरहेको छ ।’ उनी पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएपछि स्कुलमा प्राविधिक शिक्षालयको स्थापना, स्कुल बस सञ्चालन, अंग्रेजी माध्यमबाट शिक्षण, कक्षा ११ र १२ मा अंग्रेजी माध्यम र मन्टेश्वरी कक्षामा प्ले स्पोट बनाउने जस्ता उदाहरणीय काम भएका छन् ।
पब्लिक स्कुलमा नमुना विद्यालय कार्यक्रम भिœयाउन सक्नु पनि उनी ठूलो सफलता मान्छन् । नमुना विद्यालयको डिपिआर बनिरहेको भन्दै पब्लिक स्कुलमा नमुना विद्यालय कार्यक्रम सञ्चालन हुन थालेपछि धरानको शैक्षिक स्तर विश्वस्तरीय हुने उनको विश्वास छ । धरानको इतिहासको रुपमा रहेको पब्लिक स्कुलले धरानको शैक्षिक विकासमा ठूलो भूमिका खेल्नेछ । स्कुलमा आवासिय विद्यालयको योजना लिएर अघि बढिरहेको र आवासिय विद्यालय बनाएपछि टाढाटाढाका विद्यार्थीहरुलाई सुविधा हुने उनको विश्वास छ ।

देशकै बलिया भवन धरानमा
धरान उपमहानगरपालिकाको योजना र स्थानयि भवन निर्माण व्यवसायीको अग्रसरताको फलस्वरुप धरानमा देशकै बलियो भवन निर्माण भएका छन् ।
त्यसमा पनि हाम्रो सक्रियतामा २०६२ सालमा गठन भएको स्थानीय भवन निर्माण व्यवसायी संघको सक्रियतामा व्यवसायीको इमान्दारीता, सरकारको चुस्त अनुगमन निरिक्षण र उपभोक्ताको चेतनाका कारण पनि धरानमा निर्माण भएका भवनहरु बलियो भएको दाबी गर्न सकिन्छ । उनी भन्छन् –‘धरान भूकम्पको बढी जोखिम भएको सहर भएर पनि होला यहाँका उपभोक्ताहरु सचेत छन् । सरकार पनि उत्तिकै सचेत छ ।’ तर भवन निर्माण गर्ने समय लागत अनुमान भन्दा धेरै तल झरेर सम्झौता गर्ने चलनले भने भने निर्माण व्यवसायीलाई धारासायी पारिरहेको चिन्ता उनलाई छ । यसलाई निराकरण गर्न सके हाम्रो धेरै समस्या हल हुन्थ्यो ।

जीवन प्रति सन्तुष्ट
उनी आफ्नो जीवन प्रति सन्तुष्ट छन् । उनी भन्छन् –‘मैले सबैभन्दा ठूलो कुरा इष्टमित्र र साथीभाई कमाएको छु ।’ आफ्नो परिवारलाई दुःख नहुने गरी आय आर्जन पनि गरेको छु । र अर्काे मलाई सन्तुष्टी दिने कुरा मेरा चारै जना छोरा छोरीलाई राम्रोसँग लालन पालन र शिक्षा दिन सकेको छु । मेरो ठूलो छोरा इन्जिनियरिङको अध्ययन सकेर जागिर खाने अवस्थामा पुगेको छ । ठूली छोरी पनि इन्जिनियरिङको पढाइ सकेर जागिरे छ । सानी छोरी र सानो छोरा अध्ययन गर्दैछन् ।
अवकाश पछिको मेरो जीवन कसरी वित्ला भन्ने मलाई लागिरहन्थ्यो । तर त्यसलाई पनि मैले सहजै व्यवस्थापन गरे । अवकास पछि म एक्लै हुन्छु कि भन्ने चिन्ता थियो । तर अवकास पछि झन् बढी क्रियाशिल हुन पाए यसमा म एकदमै सन्तुष्ट छु । उनी भन्छन् –‘मेरा शरिरका सबै नशा सक्रिय हुन्जेलसम्म म काम गरिरहन्छु । यसको अर्थ पैसा कमाउने काम भनेको होइन । समाजमा सक्रिय भएर बाँच्ने मेरो इच्छा हो, चाहे समाज सेवा होस् चाहे परिवारसँगको सक्रियता होस् ।’

hari1

hari2

hari4

hari3


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्