बराहको नडाहाबाट उदाएका राष्ट्रिय फुटबल खेलाडी निसान

  • प्रकाशित मितिः फाल्गुन 24, 2076
  • 582 पटक पढिएको
  • औजार संवाददाता

२०४८ सालमा वराहाक्षेत्र नगरपालिका वार्ड नम्बर –३, नडाहामा जन्मेका निसान लिम्बु अहिले यो देशकै प्रतिष्ठित क्लब मनाङ मस्याङ्दी क्लबमा अनुबन्धन् भएका छन् । सो अनुबन्धनसँगै निसान लिम्बुको चर्चा चुलिएको छ । उनको लोकप्रियता बढेसँगै उनको समर्थक पनि त्यतिकै बढेको छ । उनकै निर्णायक गोलमा यो सालको लिगमा तेश्रो भयो । लिग सकिए पछि छुट्टीमा घर आउँदा उनै निसान लिम्बुको सम्मानमा उनका समर्थकले मनाङको जर्सी दुई दर्जनको हाराहारीमा डिमाण्ड गरेर बुढासुब्बा गोल्डकप हेर्न गए  । समर्थकहरुको आशा र विश्वासलाई खुशीमा परिणत गराउँदै उनले मनाङबाट पहिलो उपाधी जित्दै क्लब र आफ्ना समर्थकहरुलाई खुशी दिलाए । मोजाको गोल खेलेर आफ्नो फुटबल यात्रा सुरु गरेका निसानले प्राय ए डिभिजनका सबै क्लबबाट खेले पनि अहिले उनी सर्वाधिक चर्चामा छन् । उनी मनाङमा आवद्ध भएपछि उनका गाउँ तथा उनका साथीभाईहरुमा हर्षोल्लास छाएको छ । बुढासुब्बा गोल्डकपको उपाधी चुमेपछि छुट्टिमा घर आएका निसान लिम्बुसँग औजार दैनिकले गरेको कुराकानी अंश ।

बधाई छ बुढासुब्बा गोल्डकपको उपाधी चुम्नुभएकोमा ।
धन्यवाद । सबै मेरा समर्थक, शुभच्न्तिक मलाई विश्वास गर्दै अनुबन्धन गर्ने मेरो क्लब मनाङ मस्र्याङ्दी क्लब प्रति आभार व्यक्त गर्दछु ।

तपाईंले टूफि लिदै गर्दा निक्कै भावुक क्षण देखियो भन्ने सुनियो खासमा कुरो के थियो ?
हो यो पल्ट मेरो लागि बुढासुब्बा गोल्ड कप विशेष थियो । कुनै बेला त्यो कप खेल्ने सपना मात्र बोकेको थिएँ । तर देशको प्रतिष्ठित क्लबबाट उपाधी नै जित्न पाइयो । त्यसमा पनि मलाई जन्म दिने मेरो बाबा त्यहीँ हुनुहुन्थ्यो । मेरो गाउँबाट मेरो क्लबको जर्सीमा सयौंको संख्यामा समर्थकहरु आउँदाको क्षण अनि उपाधी नै जित्दा साँच्चै म भावुकिएँ । र मैले यो पल्टको उपाधी मेरो बाबा परिवार र आम मेरा समर्थकहरुलाई समर्पण गर्दा साँच्चै भावुक क्षण भएछ । भोलि पल्ट पत्रिकामा पढ्दा मात्र मैले नि थाहा पाएँ ।

यो बेला के गरिदैछ ?
अहिले भर्खरै लिग सकिएकोले मोफसलको गेममा केन्द्रित भएका छौं । बुढासुब्बाको सफलता पछि अब आहा रारा गोल्ड कपको तयारीमा छौं । केही दिनको छुट्टी सकिएपछि अब पोखरा पुग्नेछु ।

लीगमा आफ्नो प्रर्दशन प्रती कत्तिको संतुष्ट हुनुहुन्छ ?
समग्रमा राम्रै भो भन्नु पर्ला । त्यो हामीले भन्दा नि हाम्रा दर्षकले मुल्याङकन गर्ने करो हो ।

मनाङ यो पल्ट तेश्रो बन्यो, कमजोरी केमा रह्यो, या त यहाँहरुको अपेक्षा यतिनै थियो ?
म लिगको बिच तिर गएकोले नालीबेलि त थाहा भएन । तर म गएपछि च्यासलसँग अप्रत्यासित पराजय नभोगेको भए, थ्रीस्टारसँग जितिसकेको खेल अन्त्यमा बराबरी नभएको भए उपाधी हामी नै चुम्थ्यौं । तर ठूलो अपेक्षा भन्दा नी खेलाडीको स्तर हर्ने हो भने तेश्रो स्थान आउनु नराम्रो होइन । म लगायत सबैले सक्दो प्रयास गर्यौं। कोचको भुमिका पनि सराहनीय रह्यो । अपेक्षाकृत रिजल्ट नआए पनि सन्तुष्ट हुने ठाउँहरु प्रशस्तै छन् ।

ठूलो क्लबमा खेल्नु कतिको दवाब हुदो रैछ ?
दवाव जरुर हुन्छ । ठूलो भन्दा नि अझ मनाङले खेलाडीको लागि लगानी पनि राम्रै गरेको हुन्छ । उपाधीको लागि नजिकिएको अवस्थामा चाहीं झन् दवाव हुन्छ । जो समान्य पनि हो । खास फुटबल खेल्नुको मज्जा पनि त्यही हो ।

अन्य क्लब र यो क्लबमा खेल्नु के फरक महसुस भयो ?
फरक जरुर हुन्छ । मनाङ जो नेपालको उत्कृष्ट क्लब हो । मनाङबाट खेल्दा आðना समर्थकहरु प्याराफिटै भरि जम्मा हुन्छन् । अन्तराष्टिूय स्तरको समर्थक छ भने मनाङमा छ । गम्छा, झण्डा, व्यानर, टोपी, जर्सी लाएर एमएमसि , एमएमसी..... को क्राउड गर्दै आफुलाई समर्थन गर्दाको पल भुलिसक्नु कहाँ हुन्छ र ? धर्के जर्सी र झण्डा फहराएर आफुलाई समर्थन पाउँदा खेल्नुको आनन्द अर्कै छ नी । जहाँ सयमा सय दिएर खेल्ने जोस् हुन्छ ।

भावी योजना के छ ?
भावी योजना यस्तै भन्ने छैन । तर मनाङलाई उपाधी दिलाउने लक्ष्य त छँदैछ । त्यसको अलवा बैशाखबाट राष्टिूय सुरु हुने राष्टिूय लिगमा उत्कृष्ट प्रर्दशन गर्दै मनाङलाई उपाधी दिलाउने योजना छ । हेरौं के हुन्छ ?


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्