नेवार एकता समाजको सन्देशः धरानलाई हरेक वर्ष उपहार, रक्तदाताको नमुना शहर

  • प्रकाशित मितिः फाल्गुन 28, 2076
  • 725 पटक पढिएको
  • औजार संवाददाता

नेवार एकता समाज धरान जातीय एकता,सद्भाव अनि संस्कार,संस्कृति,रितिरिवाजलाई जगेर्ना गर्दै सामाजिक संस्थाको रुपमा स्थापित संस्था हो । २०६२–०६३ को जन–आन्दोलन पश्चात एकताको सन्देश सहित समय सन्दर्भ,माग र राजनीतिक परिस्थतिबाट उपज भएको सस्था पनि हो । बाहिरबाट नेवार एकता समाज जातीय सस्था देखिएपनि सामाजिक संस्थाको रुपमा चित्रण गर्ने पनि प्रयास गर्दै अघि वढेको समाजले गरेको सामाजिक गतिविधीबाट पुष्टि हुन्छ  । धरानमा स्थापित नेवार एकता समाजले कसरी जातीय सद्भाव,भातृत्व र एकताको कायम गर्दै सामाजिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ त ? नेवार एकता समाज धरानका अध्यक्ष राजेशमान श्रेष्ठसँग औजार दैनिकले गरेको संक्षिप्त कुराकानीः–

नेवार एकता समाज कसरी सामाजिक संस्थाको रुपमा स्थापित हुँदैछ ?
नेवार एकता समाज बाहिरी रुपमा जातीय संस्थाको रुपमा देखिन्छ तर यो सामाजिक संस्था पनि हो भनेर हामी दावी गछौं । किन कि हामी जातीय संस्कार ,रितिरिवाज अनि अधिकारको साथमा सामाजिक उतरदायित्व प्रति पनि जिम्मेवार छौं ।

जन्मले हाम्रो राष्ट्रिय पहिचान नेपाली,कर्मले जातीय पहिचान छ  । जस्मा हाम्रो अस्मिता र प्रतिष्ठा लुकेको छ । जस्लाई नत हामी सामाजिक परम्परा अनुसार वहिस्कार गर्न सक्छौ । त्यसैले जातीयको हिसावले हाम्रो कला,संस्कृति,परम्पराको संरक्षण र संवद्र्धन गर्नु हाम्रो नैर्सिंगक अधिकार हो । सभ्य,शान्ति र सम्वृद्ध समाज स्थापना गर्नु हाम्रो कर्तव्य र धर्म पनि हो । त्यसैले हामी नेवार एकता समाजलाई सामाजिक रुपले स्थापित गर्ने जमर्को गरिरहेका छौ ।

त्यसो भए समाजले के–कस्ता कामहरु गर्दैछ त ?
वास्तवमा नै हामीले धरान र धरानवासीको हित र विकासमा केहीं न कहीं,कुनै न कुनै माध्यमबाट भुमिका निर्वाह गरि नै रहेका छौं ।हामी आफु संगठित हँुदै आफ्नो भाषा,संस्कृति र परम्परालाई जगेर्ना,सम्वद्र्धन र संरक्षणलाई पनि बचाउँदै निरन्तर सामाजिक सेवामा पनि सक्रिय छौ ।

त्यसैले हामी हरेक वर्ष स्थापनाको सन्दर्भ पारेर सामाजिक सेवाको काम नै निरन्तर गर्दैछौं । जसले गर्दा हाम्रो नेवार एकता समाज जातीय संस्था मात्रै नभएर सामाजिक संस्था पनि हो । हामी निरन्तर हरेक वर्ष रगत अभावले छटपटाईरहेका विरामीहरुको लागि रगत पुर्तीको लागि रतmदान कार्यक्रम गरिरहेका छौ।ं फागुन २१ गते हाम्रो समाजको स्थापना दिवस हो । दिवसकै अवसर पारेर हामी कार्यक्रमहरु गर्छौ । समाजको लागि पत्रकार अभिन्न अंग हुन र सम्मान गर्नु पर्छ भनेर सन्देश दिनको लागि नेपाल पत्रकार महासंघ सुनसरीलाई सम्मान समेत गर्दै पत्रकारिता जगतलाई सम्मान दिएका छौं ।२०६९ साल असार ८ तारा शाक्यको संयोजकत्मा २ सय ३ पिन्ट रगत,२०७९ साल फागुन २१ गते दिलिप श्रेष्ठको संयोजकत्वमा ४ सय ६८,२०७० साल फागुन २१ मा सुश्री विद्या शाक्यको संयोजकत्वमा ३ सय ३८,२०७१ साल फागुन १६ गते शिला वज्राचार्यको संयोजकत्मा ५ सय ३८ पिण्ट रगत संकलन गरेर मानवीय परोपकारी काममा टेवा पु¥याउँदै आएका छांैं ।

त्यसैगरि यसपाली फागुन २१ गते स्थापना दिवसको अवसर पारेर रतmदान कार्यक्रमलाई नै निरन्तरता दियौं । देशभरीमा नै यो वर्ष समाजले सवैभन्दा धेरै रतmदान कार्यक्रमबाट रगत संकलन गरेर उत्कृष्ट पनि वनेका छौ । जसका कारण नेपाल रेडक्रस सोसाइटी सुनसरीले नेवार एकता समाजलाई धन्यवाद पत्रले सम्मान समेत गरेको छ ।
२०७६ फागुन २१ गते मन्जु् श्रष्ठको संयोजकत्व र हिमाल श्रेष्ठको सह–संयोजत्वमा ६ सय ५ पिण्ट रगत संकलन गर्न सफल भयौं । हामी प्रत्येक वर्ष वार्षिक उत्सवमा धरानलाई उपहार दिने लक्ष्य छ । सोही अनुरुप रतmदाताको शहर भनेर पहिचान दिलाउन चाहन्छौ । तर यो कार्य नेवार एकता समाज मात्रै एकल नेतृत्वले संभव भएको होइन । हाम्रो नेतृत्वमा विभिन्न संघसस्था कलेज,मजदुर , यतायात व्यवसायी पत्रकार लगायत धरानवासीको माया,सद्भावले गर्दा हामी लक्ष्यमा पुग्न सफल हँुदैछौं ।सामाजिक उतरदायित्वको लागि हाम्रो समाज जुनसुकै वेला पनि जिम्मेवार वहन गर्न तयार छ । धरानलाई सुन्दर नगरमा स्थापित गर्नु पर्छ,त्यसमा हाम्रो भुमिका सधैं महत्वपुर्ण हुनेछ ।

पछिल्लो समय युवा पुस्तामा भाषा,संस्कृति र परम्पराप्रति अनविज्ञ वन्दै गइरहेका छन नी ?
–सही हो । यो कुरा स्वीकार्य छ । संस्कार,संस्कति पितृ प्रसाद हो । यसलाई निरन्तरता दिनु पर्छ । भाषा पनि छ तर काठमाण्डौको नेवारको जस्तो छैन ।
यसको मुख्य कारण भनेको सामाजिक रुपान्तरण,शहरीकरणले गर्दा हामी पछाडि परेको हो की भन्ने लाग्छ । चुनौती छ । यसलाई निराकरण गर्नको लागि भाषाको तालिमहरु पनि सन्चालन गर्नेछौ ।असल संस्कार र सामाजिक दायित्व बोध गराउनको निम्ति हामीले नेवार एकता समाज युवा समिती पनि वनाएका छौं । महिला समिती छ । जस्लाई विभिन्न कार्यक्रमको जिम्मेवारी पनि दिएका छौं । अवस्य पनि त्यस्ता कार्यहरुले उहाँलाई सामाजिक दायित्वको अभिप्रेरित गराउँछ भन्ने विश्वास छ ।

अन्त्यमा भावी योजना के छ ?
निश्चय पनि हामी निरन्तर निरन्तर अघि वढि नै रहेका छौं ।
धरानलाई रतmदाताको शहर वनाउने हाम्रो अभियान जारी रहन्छ । धरानको विकासमा हरेक क्षेत्रमा हामी निरन्तर लागि नै रहने छौ । अव वार्षिक उत्सवमा गरिने कार्यक्रमहरु धरान उपमहानगरको हरेक वडामा लैजाने छौं । रतmदान कार्यक्रम हरेक वडामा सचेतना सहित कार्यक्रम नै आयोजना गर्नेछौ । भानुचौकमा मात्रै होइन हरेक गाउ–वस्ती र वडामा हामी सामाजिक उतरदायित्वको कामहरु गर्दै अघि वढ्नेछौ  ।


आज ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण, एकैदिन ५५ जनाकाे मृत्यु

धरान । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गएको २४ घण्टामा मात्र ७ हजार ६६० जना संक्रमित प

पशुधन क्षेत्रमा कोरोना भाइरसको प्रभाव

नेपाल को भौगोलिक अवस्था कुल जिडिपि र सिङ्गो अर्थतन्त्र लाई नजिक बाट हेर्ने हो भने कृषि तथा पशुपंन्छि क्षे

सुनसरीमा एकसाता निषेधाज्ञा (हेर्नुहाेस के गर्न छुट, के गर्न निषेध ?)

धरान : सुनसरीमा शुक्रबार रातीदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएकाे छ । कोरोना भाइरस (कोभिड–१९) संक्