कोरोनाबाट सतर्क होऔं

  • प्रकाशित मितिः चैत्र 6, 2076
  • 289 पटक पढिएको
  • औजार संवाददाता

नेपाल सरकारले अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ भने आजदेखि हुने एसईई परिक्षालाई अनिश्चितकालकोलागी स्थगित नै गरेको छ । पछिल्लो समय कोरोना अर्थात् कोभिड–१९ ले युरोपलाई आक्रान्त पारेको छ । चिनबाट कोरोना फैलिएर अहिले युरोप मा झनै डरलाग्दो रुपमा फैलिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार युरोपमा एकैदिन ६ सय जनाको ज्यान गएको छ । चिनबाट कोरोना फैलन सुरु भएपनि अहिले चिनमा कोरोना नियन्त्रण उन्मुख भएको छ । चिनपछि सबैभन्दा बढी इटालीमा धेरैको ज्यान लियो । अहिले दक्षिण एसियामा समेत यसको फैलावट बढीरहेको छ । सार्क राष्ट्रले भिडियो कन्फ्रेन्स गरेर यसको रोकथामको लागी संयुक्त रुपमा योजना बनाइसकेका छन् ।

बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सर्वसाधारणलाई आह्वान ग¥यो । समितिको बैठकले पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । त्यस्तै होटल, रेष्टुराँ र बसलाई पूर्ण रुपमा संक्रमणरहित बनाउनुपर्ने सूचना समेत जारी गरेको छ । त्यस्तै गरी मानिसहरुको जमघट हुने सार्वजनिक स्थलहरुमा स्थानीय तहहरुले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने पनि निर्णय गरेको छ । त्यति मात्र होइन ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध लगाइएको छ भने भारत आवतजावतमा समेत रोक लगाउन सक्ने भनेको छ । अहिलेसम्म नेपालमा एक जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यो पनि उपचार गरी पूर्ण रुपमा निको भएर घर गइसकेको अवस्था छ । करिब ६०० जनामा कोरोनाको परिक्षण गरेता पनि त्यसको नतिजा नेगेटिभ आएको सरकारले दाबी गरेको छ ।

युरोप जस्तो सुविधासम्पन्न देशहरुमा कोरोना नियन्त्रण बाहिर रहेको बेला नेपालले यसको संक्रमण धान्न गाह्रो हुन्छ । सरकारले सबै नागरिकलाई सचेत हुन आग्रह गरेको छ । सबै नागरिक जिम्मेवार भएर यस प्रति सचेत हुनैपर्छ । पछिल्लो समय बजारमा खाना पकाउने ग्याँस, पेट्रोलियम पदार्थ देखि दैनिक उपभोग्य सामाग्रीको अभाव देखिएको छ । सरकारले यसलाई कृतिम अभाव भन्दै आएको छ । यदि कृतिम अभाव हो भने सरकारले तत्काल यसमाथी नियन्त्रण गर्नुपर्छ । भोली आइपर्ने समस्यालाई मध्य नजर गरेर सरकारले पनि पर्याप्त रुपमा यस्ता सामाग्री भण्डारण गर्नुपर्छ । हरेक नागरिकले सचेत हुन आवश्यक छ ।


विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि

पानवारीको दुध र सब्जी धरान ल्याउन पाउने, हरियालीमा २३ बेडको आइसोलेसन सञ्चालन हुने

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ३ गते सम्मकालागी लकडाउनको समायावधी थप गरेको छ । आज ब

धरानमा आज बिहान थपिए ७ जना संक्रमित

धरान । धरानमा आज पनि ७ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित धरान –१५ का ३ जना, १६ का २ जना र १० र ८ मा