नेविसंघले बाड्यो ३५ जना विद्यार्थीलाई खाद्यान्न सामाग्री

  • प्रकाशित मितिः चैत्र 19, 2076
  • 452 पटक पढिएको
  • औजार संवाददाता

धरान । कोरोना भाईरस अर्थात कोभिड १९ विश्वव्यापी महामारीको रुपमा फैलिरहेका बेलामा नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले उक्त क्याम्पसमा अध्ययनरत ३५ जना विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका लागि धरान बाहिरबाट आएर क्याम्पसको होस्टेल तथा डेरा गरि बस्ने ३५ जना विद्यार्थीहरुलाई बुधबार खाद्यान्न सामाग्री वितरण गरिएको नेविसंघ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक सभापति दोर्ची शेर्पाले जानकारी दिए ।

विद्यार्थीहरु बसेको घरघरमै पुगेर १० दिनसम्म पुग्ने चामल, नुन, तेल, दाल लगायत अत्यावश्यक खाद्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको शेर्पा बताए ।

सरकारले मुलुकभर अकस्मात रुपमा गत चैत ११ गतेदेखि चैत २५ गतेसम्म लकडाउन घोषणा गरेपछि डेरा गरि बस्ने विद्यार्थीहरुलाई समस्या सृजना भएको नेविसंघले जनाएको छ । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले अझैपनि समस्यामा परेका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल तथा फोन सम्पर्कमार्फत सम्पर्कमा आउन आह्वान गरेको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे