सामान्य सतर्कता नअपनाई धरानमा खुलेआम तरकारी विक्री हुँदै (भिडियाे सहित)

  • प्रकाशित मितिः चैत्र 19, 2076
  • 495 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिकाको अगुवाईमा धरानका विभिन्न वडामा ट्रकमा राखेर टोल टोलमा सब्जी, तरकारी विक्री वितरण भइरहेको छ ।
यसरी ट्रकमा राखेर सब्जी, तरकारी विक्री वितरण गर्ने व्यापारी तथा सो काममा खटिने व्यक्तिहरुले आधारभुत सुरक्षा सतर्कता समेत नअपनाइएको पाइएको छ । प्रत्येक वडा कार्यालय तथा जनप्रतिनिधिको रोहबरमा भइरहेको सब्जी तरकारी विक्रि वितरण गर्नेहरुले पन्जा समेत नलाएको र गाडीमा सेनिटाइजर र हातधुने पानीको समेत व्यवस्था छैन । दुध वितरण गर्दा कोरोनाको संक्रमण हुनसक्ने भन्दै धरानमा दुध वितरणमा समेत रोक लगाइएको थियो । तर उपमहानगरपालिकाले नै सुरु गरेको तरकारी वितरणमा भने चरम लापरवाही पाइएको छ । जसकाे परिणाम भाेली भयावह हुन सक्ने सम्भावना छ ।
धरानको ५ नं.वडामा तरकारी विक्री गरिरहेका विनोद राईको टोलीमा कुनै सतर्कता देखिएन । यस सम्बन्धमा राईले आफुलाई कसैले केही नसुझाएको बताए । त्यस्तै धरान ९ नं. वडामा तरकारी विक्री गर्नेहरुले समेत सतर्कता नअपनाइएको पाइएको छ । तरकारीको गाडी कुनै चोकमा पुगेपछि सर्वसाधारणको ठुलो भिड लाग्ने गर्छ । प्रत्येक गाडीमा एक नगर प्रहरी र जनप्रतिनिधि भएपनि उनीहरुले समेत भिडलाई व्यवस्थित गर्न सकेका छैनन् । धरानमा लकडाउनको उल्लंघन गरेर सर्वसाधारण सडकमा निस्किएको भन्दै उपमहानगरपालिकाले लकडाउनलाई कडाइ गर्ने भन्दै ८० जना स्वंमसेवक दस्ता बनाउने निर्णय समेत गरेको थियो ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे