आगललागीबाट ६० लाख बढीको क्षति

  • प्रकाशित मितिः चैत्र 20, 2076
  • 165 पटक पढिएको
  • औजार संवाददाता

ओखलढुङगा । ओखलढुङगाको मोलुङ गाउँपालिका(६ श्रीचौरका जाङबु शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ६० लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान पौने ७ बजे शेर्पाको घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा शेर्पाको टीनको छानो भएको २ तले घर, सोही घरमा रहेको होटल, अन्नपात, भाँडाबर्तन ,लत्ताकपडा , नगद रु २ लाख साठी हजार, पसलको किराना सामान समेत जलेर नष्ट हुँदा अन्दाजी ६० लाख बराबरको क्षति भएको हो । यसैगरी छिमेकी टेकमान राई र पदम तामाङको घरमा समेत सामान्य क्षति हुँदा करिव १७ हजार बराबरको क्षति भएको छ । सो आगलागी प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँढे ९ बजे नियन्त्रणमा लिईएको थियो भने कुनै मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे