विपद् काेषमा सहयाेग गर्न इटहरीकाे अनुराेध !

  • प्रकाशित मितिः चैत्र 20, 2076
  • 206 पटक पढिएको
  • औजार संवाददाता

इटहरी उपमहानगरमा सम्पन्न सर्वदलीय सर्वपक्षीय वैठकले उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि सवै सँग आवहान गर्ने निर्णय गरेको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवै सँग आग्रह गरेको हो ।

नेपाल वैक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि आग्रह गरिएको छ । इटहरी उपमहानगरले ८० लाख जम्मा गरि कोष खडा गरेको हो । वैठकले वडास्तरमा पनि सर्वदलीय सर्वपक्षीय वैठक वसि विपत राहत वितरणलाई अझ ब्यवस्थित वनाउने निर्णय गरेको छ । वैठकमा प्रदेश सांसद लिलम वस्नेत,उपमहानगर प्रमुख द्वारिकलाल चौधरी,उपप्रमुख लक्ष्मी गौतम,नेकपा इटहरीका नेताहरु राजकुमार गिरी,सागर सुवेदी वहादुर सिं तामांग, नेपाली काँग्रेसका सभापति हेमकर्ण पौडेल,  वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल लगायत वोल्नुभयो ।

उहाँहरुले विपतका वेला राहतका लागि मनखोलेर सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सोही वैठकमै श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपाल इटहरीको तर्फवाट अध्यक्ष हेम घिमिरेले एकलाख एक हजारको चेक हस्तान्तरण गर्नुभयो । यसैबिच आजै नेपाली काँग्रेस इटहरीको तर्फवाट पाँचहजार केजी चामल राहत वितरणका लागि इटहरी उपमहानगरलाई उपलब्ध भएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे