लकडाउनमा सुनको मूल्य कति ?

  • प्रकाशित मितिः जेठ 2, 2077
  • 3448 पटक पढिएको
  • औजार संवाददाता

धरान । दैनिक २३ करोडभन्दा बढीको व्यापार हुने सुन चाँदी व्यवसाय लकडाउन कारण ५९ दिनदेखि बन्द छ । तर, चैत ८ गतेदेखि सुनको भाउ नै तोक्न बन्द भएको अवस्थामा पनि बजारमा सुनचाँदीको सामान्य कारोबार भने भइरहेको छ ।

कतिपयले विहेका लागि भाउ नतोकिएको सुन खरिद गरेको गुनासो सुनिएको छ ।
सरकारले घोषणा गरेको लकडाउन पालना गर्न देशैभरका सुनचाँदी व्यवसाय अहिले ठप्प छ । महासंघमा आवद्ध करिब १५ हजार व्यवसायी आफ्नो व्यवसाय बन्द गरेर घरमै बसेका छन् । कति साथीहरु लकडाउनअघि नै आफ्नो जन्मथलो पुगेर बसिरहेको सूचना आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य भन्नुहुन्छ –सुनको भाउ तोक्न बन्द भएकै ५९ दिन भयो । महासंघले अन्तराष्ट्रिय मूल्य लिएर भाउ नतोकेकै अवस्थामा कुन मूल्यमा खरिद–बिक्री भयो हामीले पनि बुझेका छौनौँ ।

उहाँ भन्नुहुन्छ –सुनको भाउ तोक्ने काम महासंघको हो । यसलाई महासंघले स्थगन गरेका बेलामा गरिने कारोबार कानुनी हुन सक्दैन र तोकिएको मूल्यको विषयमा बिक्रेता र जो ग्राहक हुन्, उनीहरु मात्रै जवाफदेही हुन्छन् । जस्तो- हिजोको अन्तराष्ट्रिय मूल्यमा सुनको प्रतितोला मूल्य ८६ हजार हाराहारी हुन आउँछ । अब किन्ने ग्राहकले ९० हजार तोलामा किन्यो वा ७५ हजारमा अथवा बिक्री गर्नेले कतिमा गर्‍यो रु त्यस किसिमको कारोबारको कानुनी मान्यताको वहन महासंघले गर्दैन ।


समृद्धिको महाअभियानले तिब्रता पाओस्, नयाँ वर्षको शुभकामनाः मुख्यमन्त्री

धरान । एक नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना सन्देश जारी गर्दै समृद्धिको महाअभियानलाई तिब्र

हामीबीचकाे एकता मजवुद बनाेस्, नयाँ वर्षकाे शुभकामनाः सभामुख भण्डारी

धरान । नयाँ वर्ष २०७८ सालको अवसरमा एक नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले शुभकामना सन्देश जारी गर्

नेकपा एमाले तिब्र रूपमा कमिटि विस्तार गर्दै

धरान । नेकपा एमालेले धरानमा कमिटि विस्तारलाई तिब्रता दिदै गएको छ । एकैदिन पार्टीको वडा नं. ६, वडा नं.२० तथा