आफ्नै घरभित्र बुबाको गाडिएको अवस्थामा शब फेला,दुई छोरा प्रहरी नियन्त्रणमा

  • प्रकाशित मितिः जेठ 8, 2077
  • 2420 पटक पढिएको
  • औजार संवाददाता

विराटनगर । विराटनगर उपमहानगरपालिका वडा नम्बर १४ झटियाईमा रहेको एक घरमा शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । ५५ वर्षीय सत्यनारायण चौहानको घरमा भित्र गाडिएको अवस्थामा प्रहरीले शव फेला पारेको होे । फेला परेको शव धरधनी सत्यनारायण कै हुन सक्ने मोरङ प्रहरीको भनाई छ ।
प्रहरीले घरधनी चौहानलाई हत्या गरि घरभित्रै गाडिएको आशंकामा उनका दुई छोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सो घरमा बाबु सत्यनारायण र उनका छोरा मात्रै बस्दै आएको प्रहरीले जनाएको छ । सत्यनारणको घरमा बुधबार बेलुकी शव फेला परेको हो । सत्यनारायणका ३ छोरा छन् । उनीसँग घरमा जेठा छोरा २९ वर्षीय रोहित चौहान बस्दै आएको एसपी विश्व अधिकारीले बताए ।
माईला छोरा नगेन्द्र चौहान आफ्नो श्रीमतीसँग रानी भटीमोडमा बस्दै आएका छन भने कान्छा छोरा ४ बर्षदेखी वेपत्ता झै छन् । प्रहरीका अनुसार सत्यनाराणको श्रीमतीको १२ वर्ष अगाडी नै निधन भईसकेको छ ।
घर भित्र गाडीको शवलाई २ छोरा र प्रहरीको टोलीले खनेर निकालेको थियो । शव हेर्दा ४– ५ दिन अगाडी नै हत्या गरी गाडेको हुन सक्ने प्रहरीको अनुमान छ । घर भित्र गाडेको अवस्थामा भेटिएको शवलाई हाल कोशी अस्पतालमा पोष्टमार्टमको लागि लगिएको छ । दुवै छोरालाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मोरङका एसपी अधिकारीले बताए ।

तस्बिरः अाेवि


१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा

गणतन्त्रमाथि हमला हुन थाल्यो: ‘प्रम केपी शर्मा ओली’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर