तरहरामा ग्याङ फाइट, एकको मृत्यु

  • प्रकाशित मितिः जेठ 19, 2077
  • 2879 पटक पढिएको
  • औजार संवाददाता

धरान । तरहरामा हिजाे राती ग्याङ फाइट हुँदा एक जनाकाे ज्यान गएकाे छ । इटहरी २० तरहराको एकता टोलमा भएकाे ग्याङ फाइटका कारण तरहराका राजन राइको ज्यान गएकाे हाे । उनको शरीरभरि छुराले प्रहार भएको प्रहरीको भनाइ छ ।

हिजो राती करिब ९ बजेतिर उनलाई तीन जनाको समुहले छुरा प्रहार गरेको इटहरी प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । डिएसपी भण्डारीका अनुसार मृतक राईलाई उनकै साथीको समुहले छुरा प्रहार गरेको हो । राईलाई प्रज्वल तामाङले छुरा प्रहार गरेका हुन् ।

नामा आधा दर्जन बढी संलग्न रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटानाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा

गणतन्त्रमाथि हमला हुन थाल्यो: ‘प्रम केपी शर्मा ओली’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर