लकडाउनमा सलबलाए लागुऔषध कारोबारी, धरानबाट ६ जना पक्राउ

  • प्रकाशित मितिः जेठ 19, 2077
  • 1629 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान क्षेत्रबाट प्रहरीले लकडाउन यता मात्रै ब्राउन सुगरसहित भारी परिमाणमा लागूऔषध बरामद गरेको छ । लकडाउनकाे अवधीमा धेरै लागुअाैषध काराेबारी सल्बलाएका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत २९ गते धरान–११ बाट ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । १ ग्राम ब्राउनसुगरसहित प्रहरीले हिमाल राई र दनि राईलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
यस्तै जेठ १० गते प्रहरीले एक महिलासहित ३ जनालाई पक्राउ गर्न सफल भएको थियो । धरान–१३ बाट प्रहरीले समिया लिम्बू, घनश्याम राई र मन्दिप मगरलाई पक्राउ गरेको थियो । उक्त घटनामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर, १५० ट्याब्लेट नाइट्रोसन, र ८३ हजार रुपैयाँ नगद बरामद गर्न सफल भएको थियो ।
त्यस्तै जेठ १३ गते धरान–९ बाट शुभचन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । शुभचन्द्रको साथबाट प्रहरीले २ लाख ३७ हजार रुपैयाँ नगदसहित ८० बोतल डाइलेक्स, १२८० क्याप्सुल स्पास्मोप्रोक्सिभन र ३०० ट्याब्लेट नाइट्रोसन बरामद गरेको थियो । उक्त घटनामा पनि म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । विगतको तुलनामा लकडाउन अवधिमा लागूऔषधमा कम पक्राउ परेको प्रहरीले जनाएको छ । तर, परिमाणका हिसाबले भने विगतभन्दा बढी रहेको छ ।


१ नं प्रदेशका मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । मन्त्री पदबाट राजीनामा दिएर प्रदेश एकका मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्तावम

प्रचण्ड-नेपाल समुहले विस्तार गर्यो सुनसरीमा विद्यार्थीको कमिटि

धरान । अनेरास्ववियु जिल्ला कमिट सुनसरीले दुई जनालाई जिल्ला सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।  नेकपा

गणतन्त्रमाथि हमला हुन थाल्यो: ‘प्रम केपी शर्मा ओली’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर