विश्व अधिकारी: 'मोरङमा गत वर्षको तुलनामा आपराधिक घटनामा कमी'

  • प्रकाशित मितिः असार 7, 2077
  • 165 पटक पढिएको
  • औजार संवाददाता

मोरङमा गत वर्षको तुलनामा आपराधिक घटनामा कमी आएको छ । २०७६–०७७ को अहिलेसम्म गत वर्षको तुलनामा आपराधिक घटनामा १६ प्रतिशले कमी प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

गत आर्थिक वर्षमा १ हजार ६९४ वटा मुद्दा दर्ता गरेको मोरङ प्रहरीले चालू आर्थिक वर्षको हालसम्म १ हजार ४ सय १७ वटा मुद्दा दर्ता गरेको छ । चालू आर्थिक वर्षमा मोरङमा अभद्र व्यवहारमा ४ सय ४० मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षको हालसम्म छ सय ५५ वटा मुद्दा दर्ता भएका थिए ।

चालू वर्ष बलात्कारका ९७ र बलात्कार प्रयासका ४४ घटना भएको मोरङ प्रहरी प्रमुख एसपी अधिकारीले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्षमा बलात्कारका ९७ वटा र बलात्कार प्रयासका ५४ वटा घटना भएका थिए ।

अघिल्लो आर्थिक वर्षमा एक सय ८९ जनाले आत्महत्या गरेकोमा यस वर्ष यो संख्या बढेर दुई सय १३ पुगेको छ । लागुऔषध सम्बन्धी एक सय ६५ मुद्दा अघिल्लो वर्ष चलाएको प्रहरीले यस वर्ष एक सय ७३ मुद्दा चलाएको छ । अघिकारीका अनुसार अघिल्लो वर्ष १६ वटा हत्याका घटना भएकोमा यस वर्ष १७ वटा भएका छन् ।

यस वर्षको हालसम्म विभिन्न आपराधिक घटनामा संलग्न १ हजार २ सय ५९ पुरुष र ९१ जना महिलालाई पक्राउ गरेर मुद्दा चलाइएको जानकारी अधिकारीले दिए । उनले प्रहरी सक्रियता, विभिन्न अभियान, नागरिक–प्रहरी सम्बन्ध सुधारका लागि गरिएका सचेतनामुलक एवं नागरिक मैत्री कार्यक्रमका कारण अपराधिक घटनामा कमि आएको जानकारी दिए ।

अदालतबाट दोषी ठहर भई कैद तथा जरिवानाको फैसला सुनाइए पनि फरार रहेका प्रतिवादी पक्राउमा एक वर्षको अवधिमा मोरङ प्रहरीले ठूलो सफलता हात पारेको बताएको छ ।

एसपी अधिकारीले चालू आर्थिक वर्षको हालसम्म मुलुकका अन्य जिल्लामा भन्दा मोरङमा धेरै प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको बताए । मुलुकभर हालसम्म दुई सय २३ प्रतिवादी पक्राउ परेका छन् ।

मोरङमा मात्रै चार सय ४९ जना पक्राउ परेको उनको भनाइ छ । अधिकारीका अनुसार ७७ जिल्लाको कूल पक्राउ संख्याको तुलनामा मोरङको पक्राउ संख्या २२।१९५ प्रतिशत हो । फरार प्रतिवादीलाई पक्राउ गरेर एक सय १२ वर्ष दुई महिना १६ दिन कैद र ४१ लाख ७८ हजार नौ सय ९६ रुपैयाँ जरिवाना असुल गरिएको अधिकारीले बताए ।


धरानमा कोरोना मास टेष्टिङको रिजल्ट आउदै, आज थपिए २ संक्रमित

धरान । धरानमा आज फेरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय

वीपी प्रतिष्ठानको जग्गामा व्यापारीको चलखेल

कडाभन्दा कडा आन्दोलनमा उत्रने तरुण र नेविसंघको चेतावनीधरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी

विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि