सिरी एको उपाधि युभेन्टसले लगातार नौं पटक जित्यो

  • प्रकाशित मितिः श्रावण 12, 2077
  • 163 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी- इटालियन सिरी एको उपाधि युभेन्टसले लगातार नवौँ पटक जितेको छ। आइताबार रातिको खेलमा उसले घरेलु मैदानमा सम्प्दोरियालाई हराउँदै ३५ औं उपाधि जित्दा लगातार नौ पटकको विजेता बनेको हो।

युभेन्टसले २०१२ यता लगातार उपाधि जितिरहेको छ। युरोपको शीर्ष पाँच लिगमध्ये युभेन्टसमात्र एक यस्तो टिम हो जसले लगातार नवौँ पटक उपाधि जितेको छ।

लिगमा युभेन्टसले २ खेल बाँकी रहँदै उपाधि जितेको हो। लिग विजेताले ३६ खेलमा २६ जित र ५ बराबरी खेल्दै ८३ अंक बनाएको छ। यो जारी सिजनको सर्वाधिक अंक हो।

दोस्रो स्थानको इन्टर मिलनको दुई खेल बाँकी रहँदा ७६ अंक छ । उसले अब दुवै खेल जितेमा पनि ८३ अंक नपुग्ने भएपछि युभेन्टसले उपाधि जितेको हो।

आइतबार रातिको खेलमा जितका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने फेडेरिको बेर्नार्डेस्चीले एक गोल गरे। रोनाल्डोले पहिलो हाफको अतरिक्त समयमा गोल गर्दा बेर्नार्डेस्चीले ६७ औं मिनेटमा गोल गरे। पराजित साम्प्दोरिया भने ४१ अंकका साथ १५ औं स्थानमा छ।

फरवार्डे रोनाल्डोले युभेन्टसको लगातार नवौं उपाधि क्लबका समर्थकलाई समर्पित गर्न चाहेको बताएका छन्।

उनले जारी सिजनमा ३१ गोल गरेका छन्। तर ३४ गोलको माइलस्टोनको बाटो छोटो बनाउने अवसर भने गुमाएका छन्। अन्तिम मिनेटमा पेनाल्टीमा पाएको अवसको रोनाल्डोले सदुपयोग गर्न सकेनन्।

‘सिरी ए बाट दोस्रो उपाधि जित्न पाउँदा एकदमै खुसी छु। महान क्लब नयाँ इतिहास रच्ने बाटोमा सँधै रहिरहने छ,’ रोनाल्डोले खेलपछि इन्स्टाग्राममा लेखेका छन्, ‘म यो उपाधिको श्रेय युभेन्टसका समर्थकलाई सुम्पन चाहान्छु।’

उनी अन्तिममा लेखेका छन्, ‘अ बिग हग टू अल।


धरानमा कोरोना मास टेष्टिङको रिजल्ट आउदै, आज थपिए २ संक्रमित

धरान । धरानमा आज फेरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय

वीपी प्रतिष्ठानको जग्गामा व्यापारीको चलखेल

कडाभन्दा कडा आन्दोलनमा उत्रने तरुण र नेविसंघको चेतावनीधरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी

विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि