युभेन्ट्सको हारसँगै रोनाल्डोको शीर्ष गोलकर्ता बन्ने सपनामा धक्का

  • प्रकाशित मितिः श्रावण 15, 2077
  • 122 पटक पढिएको
  • औजार संवाददाता

सिरी एमा एक खेल बाँकी रहेको लिगविजेता युभेन्ट्सले क्यालिरीसँग लज्जास्पद हार बेहोरेको छ। क्यालिरीको सर्डेग्ना रंगशालामा सम्पन्न खेलमा युभेन्ट्सले १३ औं स्थानको घरेलु टिमसँग २–० गोल अन्तरको हार बेहोरेको हो। क्यालिरिको जितका लागि लुका गाग्लियानो र गिओभान्नी साइमनले १÷१ गोल गरे। खेलको आठौं मिनेटमा गोल गर्दै गाग्लियानोले क्यालिरीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै, पहिलो हाफको अतिरिक्त समयमा साइमनले गोल गरेपछि घरेलु टिम दुई गोलले अघि रह्यो। दोसो हाफमा कुनै गोल नभएपछि क्यालिरीले जित हातमा लिएको हो।

जितसँगै क्यालिरीले अंकतालिकामा तीन अंक सुधार गरेको छ। उसले ३७ खेलमा ११ जित र १२ बराबरीका साथ ४५ अंक बनाएको छ। यता पराजित युभेन्ट्स भने दुई खेलअगावै लिगविजेता बनिसकेको छ। अघिल्लो चरणको खेलमा साम्दोरियालाई हराएपछि युभेन्ट्स लगातार नवौँ पटक लिगविजेता बनेको थियो। तर, हिजो राति युभेन्ट्सको तर्फबाट गोल नहुँदा रोनाल्डोको शीर्ष गोलकर्ता बन्ने सपनामा धक्का लाग्ने भएको छ।

लिगमा रोनाल्डोले ३१ गोल गरेका छन्। उनी अन्य गोल थप्दै सिरी एको गोल्डेन बुट बिजेता बन्न चाहान्थे। तर, लाजियोका सिरो इमोबाइलको ३५ गोलको आँकडालाई जित्न बाँकी एक खेलमा रोनाल्डोलाई असम्भव जस्तै बनेको छ।

हिजो रातिकै अर्को खेलमा इमोलाइलले ३५ औं गोल पूरा गरेका थिए। तर, रोनाल्डोले गोल गर्न नसकेपछि उनको सपनाका धक्का लागेको हो।
बीबीसी


धरानमा कोरोना मास टेष्टिङको रिजल्ट आउदै, आज थपिए २ संक्रमित

धरान । धरानमा आज फेरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय

वीपी प्रतिष्ठानको जग्गामा व्यापारीको चलखेल

कडाभन्दा कडा आन्दोलनमा उत्रने तरुण र नेविसंघको चेतावनीधरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी

विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि