रोनाल्डोले युभेन्टसलाई सिरी ए उपाधि जिताएपछि महंगो तथा विलासी याटमा परिवारसँग मोजमस्ती...

  • प्रकाशित मितिः श्रावण 16, 2077
  • 205 पटक पढिएको
  • औजार संवाददाता

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई सिरी ए उपाधि जिताएपछि महंगो तथा विलासी याटमा परिवारसँग मोजमस्ती गरेका छन् । यी ३५ वर्षीय खेलाडीले आफ्नो करीयरको सातौं लीग उपाधि हासिल गरेका हुन् । आइतवार साम्पादोरियाविरुद्धको खेल युभेन्टसले जितेपछि उपाधि हात पारेको हो । त्यसमा रोनाल्डोले पहिलो गोल गरेका थिए ।

moj

लगातार दुई सीजन रोनाल्डोले युभेन्टसलाई उपाधि दिलाएका हुन् । त्यसपछि उनी खुशी भएर मोजमस्तीमा लागेका हुन् । उनको विलासी याट जहाजमा पाँचवटा क्याबिन, ६ वटा बाथरूम, विशाल लाउन्ज र भान्सा समेत छ ।

उनकी प्रेमिका जर्जिना रोड्रिगेजले मस्ती गरिरहेको तस्वीर सार्वजनिक गरेकी हुन् । उनका चार सन्तान पनि विलासी जहाजमा थिए । रोनाल्डो परिवारले ग्रीष्मको बिदा यही जहाजमा बिताउने बताइएको छ ।


धरानमा कोरोना मास टेष्टिङको रिजल्ट आउदै, आज थपिए २ संक्रमित

धरान । धरानमा आज फेरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय

वीपी प्रतिष्ठानको जग्गामा व्यापारीको चलखेल

कडाभन्दा कडा आन्दोलनमा उत्रने तरुण र नेविसंघको चेतावनीधरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी

विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि