धनकुटा उद्योग बाणिज्य संघको फेरी फलफुलको विरुवा रोप्ने कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः श्रावण 17, 2077
  • 91 पटक पढिएको
  • औजार संवाददाता

धरान, १७ साउन: स्थायी आम्दानीको स्रोतका लागी धनकुटा उद्योग बाणिज्य संघको कार्यालय परिषरको जग्गामा स्थायी आम्दानीको लागी फलफुल खेती कार्यक्रम अन्र्तगत हिजाे पनि धनकुटा उद्योग बाणिज्य संघले विभिन्न जातको फलफुलको विरुवाहरु रेपेको छ ।

धनकुटा उद्योग बाणिज्य संघको परिषरको जग्गामा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे,वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ट,महासचिव राम वहादुर गोङ्वा,सचिव श्रीराम रायोमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पखिले,भीम वहादुर खेवा लिम्बु,नविन श्रेष्ठ,महेन्द्र थापा,नगेन्द्र काफ्ले,राम घिसिङ्ग,सुनिता थापा,रिदम श्रेष्ठ,अम्विका धमला,लिजा श्रेष्ठ,शोभा श्रेष्ठ,कर्मचारीहरु सिचन प्रधान,मनिश श्रेष्ठ,मुकेश राई,नवराज श्रेष्ठ लगायतले फलफुका विरुवाहरु रोप्नु भएको थियो ।

एभोकाडो,सुन कागती,तेजपात,अम्वा लगायतका विभिन्न जातका ५७ वटा विरुवाहरु धनकुटा उद्योग बाणिज्य संघको परिषरको जग्गामा हिजाे रोपिएको कार्यालय सचिव सिचन प्रधानले वताउनुभ भयो ।
यसैगरी धनकुटा उद्योग बाणिज्य संघको बैठक वसी विभिन्न निर्णयहरु गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा भएको बैठकले धनकुटा शाखाका तर्फबाट निवर्तमान अध्यक्ष उमेश घिमिरेलाई केन्द्रिय सदस्यमा उठाउने निर्णय गरेको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्गको संयोजकत्वमा बार्षिक कार्यक्रम निर्माण समति,उपाध्यक्ष खगेन्द्र विष्ठको संयोजकमा हिलेमा निर्माण गरिएको वयर हाउसको संचालन र त्यसको अवस्थाको विषयमा अध्ययन गर्न समिति गठन गरिएको र कोषाध्यक्ष रुपेश श्रेष्ठको संयोजकत्वमा सघको चल अचल सम्पत्तिको वारेमा अध्ययन गर्न समिति गठन गरिएको र उक्त समितिहरुले प्रतिवेदन तयार गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी समेत दिएको महासचिव रामवहादुर गोङ्वा तामाङ्गले वताउनु भयो ।

बैठकले धनकुटाको सात वटै पालिकामा कर शिक्षा संचालन गर्ने,कोरोना भाईरस विरुद्ध जनचेता अभियान संचालन गर्ने माक्स लगाउने अभियान संचालन गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णहरु गरिएको सचिव श्रीराम रायोमाझीले वताउनु भयो ।
विजय राई,धनकुटा


धरानमा कोरोना मास टेष्टिङको रिजल्ट आउदै, आज थपिए २ संक्रमित

धरान । धरानमा आज फेरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय

वीपी प्रतिष्ठानको जग्गामा व्यापारीको चलखेल

कडाभन्दा कडा आन्दोलनमा उत्रने तरुण र नेविसंघको चेतावनीधरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी

विपिमा तत्काल कोभिड अस्पताल सञ्चालन गराउन नेवि संघ र तरुण दल संघर्षमा

धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति कोभि