वीपी प्रतिष्ठानको जग्गामा व्यापारीको चलखेल

  • प्रकाशित मितिः श्रावण 29, 2077
  • 666 पटक पढिएको
  • पारस राई

कडाभन्दा कडा आन्दोलनमा उत्रने तरुण र नेविसंघको चेतावनी
धरान । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नाममा रहेको पुरानो धरान अस्पतालको जग्गामा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्चको घोर भत्र्सना गर्दै उक्त कार्य तुरुन्त रोक्न माग गरेका छन् ।

आज (बिहीबार) धरान १८ बुद्धचौकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले स्थानिय निकाय र सरोकारवालाहरुसँग कुनै समन्वय नगरि उपकुलपति र मन्त्रीको स्वार्थमा जग्गा व्यापारीलाई जिम्मा लगाउने चलखेल भएको प्रति तरुण दल र नेविसंघले आपत्ति जनाएका हुन् ।

महामानव वीपी कोइरालाको स्मृतिमा भारत सरकारको सहयोगमा निर्माण गरिएको यर्थाथता र वृत्ति विकासको लागि जोडिएका जग्गाहरु मोरङको सुन्दरहरैचाँमा नेकपाका जननेता मदन भण्डारीको नाम जोडी वीपी प्रतिष्ठानको अस्तित्वमा नै धावा बोलेको दुबै संगठनले दाबी गरेका छन् । यो कार्य तुरुन्तै बन्द गर्न पनि संगठनले चेतावनी दिएका छन् । यदी तत्काल बन्द नभए कडाभन्दा कडा कदम चालिने संगठनले सुझाव दिएका छन् ।

नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले जबसम्म माग पुरा हुदैन तब सम्म आन्दोलन जारी रहने बताए । उनले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलनको धार परिवर्तन गरेर फरक ढंगले आन्दोलनलाई निरन्तरता दिन्छौ ।’ मोरङको सुन्दरहरैचाँमा वीपी प्रतिष्ठानको वृत्ति विकासका लागि राखिएको जग्गामा मदन भण्डारी ट्रमा सेन्टर बनाउने प्रस्ताव कार्यकारिणी समितिको बैठकले पास गरिसकेको भन्ने सुचना पाएकोले यो कार्य तत्काल रोक्न उनले माग समेत गरे । वीपी प्रतिष्ठानको वृत्ति विकासका लागि जोडिएको जग्गामा अर्को सम्मानित नेताको नाममा ट्रमा सेन्टर सञ्चालनमा ल्याउने खबरले असहज परिस्थिति सृजना गर्न खोजेको उनले बताए । उनले भने, ‘यसको विरुद्धमा हामी कडाभन्दा कडा आन्दोलनमा जान पनि तयार छौं । उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो स्वार्थ पुरा गर्नका लागि धरानको पुरानो अस्पताल र काठमाडौंमा रहेको जग्गामा व्यापारीहरुलाई व्यापार प्रयोजनका लागि हस्तान्तरण गर्न लागेको प्रति पनि घोर आपत्ति रहेको उनले बताए ।

यस्तो छ १५ बुँदे मागहरु

१. व्यक्तिगत स्वार्थको लागि आह्वान गरिएको बिना एजेण्डाको सिनेट बैठक तत्काल स्थगित गरियोस् ।
२.घर घरमा बस्नुपरेका कोरोना संक्रमितहरुलाई तुरुन्त (अस्पताल) को आइसोलेसनमा भर्ना गरियोस् ।
३. नगरबासीहरुलाई कोरोना पोजेटिभ भएको अवस्थामा तुरुन्त बेड उपलब्ध गराईयोस् । नगरबासीहरुको लागि २५ बेड अनिवार्य व्यवस्था गरियोस् ।
४. बैशाख ११ गते माननीय मुख्यमन्त्री शेरधन राई ज्यूबाट निरिक्षण तथा अनुगमन गरिएको कोभिड अस्पताल ४ महिना पुग्दा सम्म सञ्चालन नगरिनुको कारण खोजि गरि दोषीलाई कार्बाही गरियोस् ।
५. वीपी को.स्वा.वि.प्रतिष्ठान कोभिड अस्पतालमा आवश्यक कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाको प्रत्यभूति सहित पूर्ण सुविधा र क्षमतामा स्थानिय जनप्रतिनिधि, माननीय सांसदहरु र आवश्यक विज्ञहरुलाई अनुगमन निरिक्षण गराई तुरुन्त सञ्चालन गरियोस् ।
६. सेवा सञ्चालनमा रहि सेवाग्राहीहरुले सेवा समेत लिइरहेको रिहाभ सेन्टरलाई कोभिड अस्पताल बनाइएकोले रिहाभ सेन्टरबाट सेवा पाइरहेका सेवाग्राहीहरुको सेवा व्यवस्थापन तुरुन्तै गरियोस् ।
७. नयाँ तथा पुराना विरामीहरुलाई व्यवस्थित व्यवस्थापनका साथ उपचारको प्रबन्ध गरियोस् ।
८. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षक, विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मीहरुलाई संक्रमणको अवधिभर प्रतिष्ठान हाताभित्रनै सम्पूर्ण व्यवस्थापन गरियोस् ।
९. प्रतिष्ठानमा अध्ययन र जागिरको लागि स्थानिय नगरबासीहरुलाई अनिवार्य कोटाको व्यवस्था गरियोस् ।
१०. आइसियु, डायलाइसिस सेवालाई विस्तार गरि सेवाग्राहीहरुलाई राहत दिइयोस् ।
११. प्रसुती सेवा, इमरजेन्सी सेवा लगायत सबै आन्तरिक सेवाहरुको उचित व्यवस्थापन गरियोस् । साथै शौचालय तथा सरसफाईको उचित व्यवस्थापन गरियोस् ।
१२. पुरानो धरान अस्पतालको जग्गा प्रतिष्ठानले स्थानिय निकाय र सरोकारवालाहरुसँग कुनै समन्वय नगरि उपकुलपति र मन्त्रीको स्वार्थमा व्यापारीलाई जिम्मा लगाउने प्रपञ्चको घोर भत्र्सना गर्दै उक्त कार्य तुरुन्त रोक्न माग गर्दछौं ।
१३. वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान महामानव वीपी कोइरालाको स्मृतिमा भारत सरकारको सहयोगमा निर्माण गरिएको यर्थाथता र यसैको वृत्ति विकासको लागि जोडिएका जग्गाहरु सुन्दरहरैचाँमा अर्को सम्मानित नेताको नाम जोडी वीपी प्रतिष्ठानको अस्तित्वमा नै धावा बोलेको रुपमा हाम्रो दलले लिएको छ । अनायसै विवाद सिर्जना गर्ने यो कार्यको घोर भत्र्सना गर्दै यसका विरुद्ध कडा भन्दा कडा कदम चालिने उद्घोष गर्दै यो कार्य तुरुन्त बन्द गर्न माग गर्दछौं ।
१४. प्रतिष्ठानको आवासिय क्षेत्रहरुको व्यवस्थापनमा आवश्यक ध्यान दिइयोस् ।
१५. हरेक सिनेट बैठक अघि धरानबासीहरुको प्रतिनिधित्व गर्ने निकाय स्थानिय सरकार धरान उपमहानगरपालिकासँग बुदागत छलफल गरेर मात्र सिनेट बैठक बोलाउने व्यवस्था गरियोस् ।


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स