विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मितिः श्रावण 30, 2077
  • 287 पटक पढिएको
  • औजार संवाददाता

धरान । विराटनगरको कोशी अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेशनमा भर्ना भएका सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिहीबार गम्भीर अवस्थामा भर्ना भएका पुरुषको राति करिब ८ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए । उनका अनुसार मृतक पुरुषमा श्वासप्रश्वास र निमोनिया थियो । उनको शरीरमा रगतको कमी पनि देखिएको उनले बताए । मृतककाे बिहीबार दिउँसो स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

गम्भीर अवस्थाका पुरुषलाई विपी कोइराला स्वास्थ्य विज्ञान धरान पठाउने तयारी थियो । तर, धरानले बेड खाली नरहेको बताएपछि कोशीमा राखिएको थियो । बिहीबार नै विराटनगरका एक युवकको आइसोलेशनमा मृत्यु भएको थियो । तर उनको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर दासले जानकारी दिए । यो कोरोना संक्रमणबाट काेशी अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि कोशी अस्पताल विराटनगर–९ का दुई जना, विराटनगर– ३ र ५ का एक–एक जनाको मृत्यु भएको थियो । त्यस्तै रंगेली नगरपालिका ८ एक जनाको मृत्यु भएको थियो ।


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स