सिन्धुपाल्चोकको जुगलमा एक्कासी पहिराे जाँदा १३ घर पुरीए

  • प्रकाशित मितिः श्रावण 30, 2077
  • 299 पटक पढिएको
  • औजार संवाददाता

बिरल बर्षासंगै अाएकाे झरीले गर्दा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् । शुक्रबार बिहान करीव ६ बजे झरेको पहिरोले २७ घर क्षतिग्रस्त भएका छन् ।

सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका छन् भने पाँच परिवारका सदस्य हराइ रहेकाे प्रहरी बताए ।

घटनास्थल दुर्गममा भएकाले उद्धारमा पैदल जान कठिनाइ भएकाले हेलिकोप्टर बोलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएका थिए ।

१५ जना भने सामान्य घाईते भएको प्रहरीले जनाएका छन् । सो क्षेत्रमा ३० घरहरू जोखिममा छन् । थप विवरण आउँन बाँकि


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स