धनकुटा समुदायमा कोरोना भाईरसको उच्च जोखिम

  • प्रकाशित मितिः श्रावण 30, 2077
  • 305 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा ३० साउन। महामारीको रुपमा रहेको कोरोना भाईरस धनकुटा जिल्लामा दिन प्रतिदिन फैलदै गएकोले अव धनकुटामा समुदाय स्तरमा फैलन सक्ने खतरा भएकोले लकडाउनको पूर्ण रुपमा पालना गर्न धनकुटाका उद्योगी, व्यापारी तथा व्यावसायी लगायत सवै जिल्लावासीहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले विज्ञप्ती प्रकाशित गरी आव्हन गरेको छ ।

धनक्टा जिल्लामा समुदायस्तरमा समेत अव महामारीको रुपमा रहेको कोरोना भाईरस फैलन सक्ने खतरा तिव्र रुपमा बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट २०७७ भाद्र ४ गतेसम्म जारी गरेको लक डाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै सुरक्षित रही संयमित रहन सम्पूर्ण उद्योगी, व्यापारी तथा व्यावसायी साथीहरु लगायत समस्त जिल्लावासीहरुमा धनकुटा उद्याृ बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले प्रेस विज्ञप्ती प्रकाशित गरी आव्हन गर्नु भएको हो ।

जीवन रहे मात्र केहि गर्न सकिने भएकाले आ–आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन समेत सबैलाई धनकुटा उद्योग बाणिाज्य संघले उक्त विज्ञप्ती मार्फत आग्रह गर्र्दै खाद्यान्न तथा तरकारी पसलहरु प्रत्येक दिन विहान ७ देखि १० बजेसम्म र साझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएकाले उक्त समयमा अनिवार्य रुपमा माक्स लगाएर र लगाउन दिएर, सेनिटाइजर वा सावुन पानीले बारम्वार हात दिएर धुन लगाएर सुरक्षित ढंगले खरिद बिक्रि गर्न समेत अनुरोध गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटामा समुदाय स्तरमा कोरोना भाईरस फैलन नदिई नियन्त्रण गर्न धनकुटाका उद्योगी, व्यापारी तथा व्यवसायी साथीहरु लगायत समस्त जिल्लावासी दाजुभाई दिदीवहिनीहरुलाई लकडाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्दै आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्दै आफु पनि बाँच्न र अरुलाई पनि बचाउन अपिल समेत गर्नु भएको छ ।

धनकुटामा कोरोना भाईरस दिन प्रतिदिन महामारीको रुपमा फैलदै गएपछि समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकोले अव सवै सचेत र संयमीत भै अत्यावाश्यक कामहअ वाहेक घरमाबाट वाहिन ननिस्कन समेत धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर तामांगलले आग्रह गर्नु भएको छ ।
धनकुटा जिल्लामा अहिले सम्म १८ जनालाई कोरोना भाईरस भोजेटिम दखिएको छ ।
विजय राई धनकुटा

pre


विष्णुपादुकाका पहिरो पिडितलाई बासको व्यवस्था गर्न सेना लिएर पुगिन उपमेयर

धरान । पहिरोले विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन धरान उपमहानगरपाल

हतुवागढी गाँउपालिकाकी उपाध्यक्ष राईलाई मुख्यमन्त्री र सभामुखद्वारा श्रद्धाञ्जली व्यक्त

धरान ४ असोज । उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शर

संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स