किराविको स्थापना दिवशको अवसरमा अनलाईन कविता प्रतियोगिता

  • प्रकाशित मितिः भदौ 9, 2077
  • 161 पटक पढिएको
  • औजार संवाददाता

धरान। किरात राई विद्यार्थी संघले अनलाई खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ ।

संघले आफ्नो २२औ स्थापना दिवसको अवसर पारेर कविता प्रतियोगिता संचालन गर्ने भएको हो । हाल कोभिड-१९,को महामारीको कारणले गर्दा भौतिक उपस्थितिमा कार्यक्रमहरुको आयोजना गर्न नसकिने भएकोले किरात राई विद्यार्थी संघ जिल्ला कार्यसमिति सुनसरीले यसपटक भने ूखुल्ला अन्लाईन कविता प्रतियोगिता मार्फत आफ्नो २२ स्थापना दिवशलाई मनाउने भएको हो । आयोजक किरात विधार्थि जिल्ला कार्य समिति सुनसरिको अनुसार सहभागिहरुले आफ्नो रचना वाचन गरेको भिडियो आफ्नो परिचय स्पष्ट हुने गरि यहि १५ गतेसम्म आयोजकलाई उपलब्ध गराउनुपर्ने छ ।

सो भिडियोहरुलाई किराविको आधिकारिक पेजमार्फत प्रकाशन गरिनेछ। सहभागिहरु अनिवार्य रुपमा विद्यार्थी हुनु पर्ने र विजेता उपविजेता निर्णायकद्दारा मिति १८ गते घोषणा समेत गरिने छ। प्रतियोगिताका विजेताले ५ हजार नगद, प्रमाण-पत्र,द्धितिय हुनेलाई ३ हजार,प्रमाण-पत्र तृतीयलाई २ हजार साथमा प्रमाण-पत्र प्रदान गरिने साथै सहभागीहरुलाई समेत प्रमाण(पत्र प्रदान गरिने आयोजकले जानकारी गराए ।

बरिष्ठ साहित्यकार,नाटककार तथा गीतकार गोपाल देवान (अविराम क्रान्ति),गीतकार राजेश बिद्रोही,लेखक तथा पत्रकार जनकऋषी राई प्रतियोगिताका निर्णायक रहेका छन । यस कार्यक्रम एउटा प्रतियोगिता मात्र नभएर विद्यार्थीको लेखन शैली,लेखन कार्य क्षेत्रलाई अभिवृद्धि गर्ने साथै साहित्य क्षेत्रमा अभिरुचि राख्ने सम्पुर्ण विद्यार्थीहरुको लागि यो कार्यक्रम केही मात्रामा भए पनि सहयोगी बन्न सक्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजकले जानकारी गराए ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर