१ सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै शास्त्रीय छन्दका खण्डकाब्य “लीलाको स्तुति” काे लोकापर्ण

  • प्रकाशित मितिः भदौ 27, 2077
  • 112 पटक पढिएको
  • औजार संवाददाता

धरान। १ सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेख्नुभएको छ ।

मोरंगको सुन्दरहरैचा ४ निवासी न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन सिटौलाले प्रकाशन गर्नुभएको सो कृति १ सय २ बर्षीय न्यौपानेले उहाँकै निवासमा लोकापर्ण गर्नुभयो । शास्त्रीय छन्दका १ सय ५५ श्लोक रहेको काब्य एकजना अपांगता भएकी ३७ बर्षीय युवतीका वारेमा लेखिएको छ । सेरेव्रल पल्सि रोगका कारण आँखा नदेख्ने,कान सुन्ने,कुरा वुझने तर अभिब्यक्त गर्न नसक्ने झापा चारपानेकी लिला सिटौलाको अब्यक्त भावनालाई खण्डकाब्यमा उतारिएको छ । ती युवतीले सूर्य स्तुती मार्फत उज्यालोको खोजी गरिएको छ ।

सपनामा आफना वारेमा लेख्न आग्रह गरेपछि आफूले सो कृति तयार पारेको लेखक न्यौपानेले वताउनुभयो । लोकापर्ण कार्यक्रममा प्रकाशन सहयोगी मोहन सिटौला र डिल्लीराम सिटौलाले शिक्षा क्षेत्रमा धरणीधर न्यौपानेले पुरयाउनुभएको योगदानको चर्चा गर्नुभयो ।

साहित्यकार गोपाल संग्रौलाले पुस्तकमा काब्य नायिकाले सूर्य स्तुती मार्फत आफना भावना अनुभूत गर्नुका साथै नैतिक शिक्षा समेत दिएको वताउनुभयो । समाजशेवी प्रेम प्रकाश सिटौलाले उमेरले १सय २ बर्ष पुगे पनि धरणीधर गुरुको कार्य भने अझै तन्नेरीको झै रहेको वताउनुभयो ।

धरणीधर न्यौपानेका नाती त्रिभूवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका सह परीक्षा नियन्त्रण नन्द न्यौपानेले पुस्तकमा एक जना अपांडगता भएकी युवतीमार्फत आवाज विहिनको आवाज वुलन्द भएको वताउनुभयो । कार्यक्रमका अध्यक्ष डिल्लीराम सिटौलाले तेहथुमको चुहानडाँडामा त्यो समय शिक्षाको उज्यालो प्रकाश छरेर हजारौलाई ज्योति प्रदान गर्नुभएको भन्दै न्यौपानेको प्रशंसा गर्नुभयो । तेहथुम चुहानडाँडा वाट ताप्लेजुङ्ग ढुगेसाँघु वसाई सरेर जननेता मदन भण्डारीलाई समेत अक्षर चिनाउनुहुने गुरुलाई राष्ट्रलेनै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

१ सय २ बर्षीय काब्यकार न्यौपानेका छोरा मोहन न्यौपानेका अनुसार उहाँ अहिले सम्म चश्मा नलगाइ लेखपढ गर्न सक्नुहुन्छ । केहि न केहि गरेर वस्ने धरणीधर न्यौपाने अहिले पनि अर्को काब्य सृजना गरिरहनुभएको छ । लोकापर्ण गरिएको कृति सहित उहाँका आधा दर्जन कृति प्रकाशित छन । न्यौपाने वंशावली,ग्राहस्थ्य शिक्षा,कोशी सामाजिक खण्डकाब्य,गन्तब्य गोरेटो आत्मकथा र कविता संग्रह प्रकाशित छन ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर