संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

  • प्रकाशित मितिः आश्विन 3, 2077
  • 111 पटक पढिएको
  • औजार संवाददाता

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ साल असोज ३ मा जारी नेपालको संबिधान विभेदपुर्ण र समावेशिता नरहेको बताउदै सो संबिधान पुनर्लेखन गर्नुपर्ने उनिहरुले माग गर्दै आएका छन । त्यस्तै शनिबार पनि राष्ट्रीय जनमुत्ती पार्टि धरानले धरान ८ स्थितको आफ्नो पार्टी कार्यलयमा साक्षात्कार कार्यक्रम आयोजना गर्दै पार्टिका सदस्यहरुसङ्ग संविधान पुनर्लेखन किन र केका लागि भन्ने बिषयमा छलफल र बहस गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी रहेका पार्टिका सङ्घिय परिषद अध्यक्ष केपि पालुङवाले कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिमा सबै जाती र पार्टिको सहभागितामा सर्वपक्ष राष्ट्र सम्मेलन गरेर संविधान पुनर्लेखन हुनुपर्ने जोड दिएका छन । जारी संविधान नेपाली जनता र पहिचान सङ्घियताको हित र पक्षमा नरहेको उनले बताए । नेपाली समाजभित्र रहेका धर्म,जाती,बर्ग बिच भिभेद लादने संविधान जारी भएको समेत उनले आरोप लगाए । समानुपातिक,निर्वाचन प्रणाली मार्फत जातिको जनसंख्या को आधारमा समानुपातिक प्रतिनिधित्व,राज्यसत्ता र राज्य सन्चालन प्रणाली तय गर्नुपर्ने अध्यक्ष पालुङवाको भनाई रहेको छ । जारी सबिधानले नेपाली समाजलाई जोडने भन्दा भडकाउने नीति अपनाएको तर्क समेत उनले दिएका छन ।

सत्तारुद्व दल नेपाल कम्युनिस्ट पार्टी,नेपालि काङ्ग्रेस लगायत दलहरुले संविधान दिवशलाई उत्सवको रुपमा मनाईरहदा जनमुत्ती पार्टी लगायतका पहिचानवादी दलहरुले भने यो दिनलाई कालो दिवशको रुपमा मनाउदै आएका छन । देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्दै संविधान पुनर्लेखन को समेत माग राख्दै आईरहेका छन भने त्यस्तै राष्ट्रिय जनमुत्ती पार्टिले पनि देशका विभिन्न ठाउहरुमा कालो झण्डा सहित सडकमा संविधान विरुद्व बिरोध रयाली गरिरहेको अध्यक्ष पालुङवाले बताए ।

जनमुत्ती पार्टिका धरान नगर संयोजक चित्र थापा मगरका अनुसार यो पटक धरान नगर कमिटिले भने पार्टिका सदस्यहरुसङ्ग यस बिषयमा कोठाभित्रै बसेर छलफल बहस गरेको हो । उनले भने यी बिषयमा बाहिर हुलदङ्गा गरेर कुनै उपलब्धि छैन । यसलाई हामिभित्रै गहन छलफल गरेर यस बिषयमा थप सचेत जगाई खराब राज्यसत्तालाई दबाब दिने हाम्रो तयारी हो । संविधान अल्पमत र बहुतको हिसाबले जारी भएको कारणले सबै तह तप्का र निम्न वर्ग क्षेत्रलाई सम्बोधन गर्न सकिरहेको छैन । जारी सबिधानको पृष्ठभुमी नै गलत हुदा संविधान पुनर्लेखनको आवस्यक छ उनले भने ।


धनकुटाका पाख्रिवासमा कांग्रेसको जनलहर

धरान । धनकुटाको पाख्रिवासमा नेपाली कांग्रेसको पक्षमा जनलहर आएको हिजाे पाख्रिवासमा आयोजित कांग्रेसको वृ

धनकुटा कांग्रेस अव नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरणमा

धनकुटा । धनकुटामा नेपाली कांग्रेसले नया ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्दै व्यापक क्रियाशिल सदस्

कांग्रेसले ६ जनालाई क्षेत्रीय सदस्यमा मनोनयन गर्यो

धरान । नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. १ (क) को बेठकबाट ६ जनलाई सदस्यमा मनोनयन गरेको छ । मनोनयनमा पर्नेहर